सर्पदंशबाट झापामा वृद्धको मृत्यु

0
474

झापा ।

सर्पदंशबाट झापामा एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ पृथ्वीनगरका ७२ वर्षीय पदमबहादुर प्रधान रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार घरमै रहेका प्रधानलाई बिषालु सर्पले टोकेको थियो। सर्पले टोकेको थाहा पाए लगतै परिवारजनले तत्काल उपचारका लागि चाराआलीस्थित सर्पदंश उपचार केन्द्र लगेका थिए।

त्यहाँ उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा उनको बाटोमा नै मृत्यु भइसकेको चिकित्कसले जानकारी गराएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here