अर्जुनधारा।

सुखानी सामुदायिक वन उपभोक्ता समूह अर्जुनधारा–३ र माई–४ले समूहमा आवद्ध विपन्न उपभोक्ताहरुलाई मंगलबार निःशुल्क खाट वितरण गरेको छ ।
गत आर्थिक वर्ष ०७५÷०७६को गरिबी निवारण कार्यक्रम मार्फत् समूहका ३१ जना उपभोक्तालाई खाट वितरण गरिएको समूहका अध्यक्ष लक्ष्मीप्रसाद चापागाईंले बताए ।
समूहका अध्यक्ष चापागाईंको अध्यक्षता र माई सब डिभिजन कार्यालयका फरेष्टर डिल्लीकेशर लम्सालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मंगलसिंह लिङदेनले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि लम्साल, अर्जुनधारा नगर कार्यपालिका सदस्य दिलमाया दास, नगर सभा सदस्य सीताराम भट्टराई, माई नगरपालिका नगर सभा सदस्य महेन्द्र बुढाथोकी, अनुगमन तथा मूल्याङकन समितिका संयोजक शंकर भट्ट, उपभोक्ताद्धय ईश्वरकुमार राउत र गोविन्द खातीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन समूहकी सचिव रेनुका खवासले गरेकी थिइन् । समूहले यस अघि सोही कार्यक्रम मार्फत् बाख्रा तथा बुँगुर वितरण, ब्रीकेड कोइला बनाउने तालिम, मुढा बनाउने तालिम, सिलाई कटाई तालिमलगायत सञ्चालन गरेको कार्यालय सचिव खगेन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।






























