पाँचथरमा पनि डेंगुको संक्रमित फेला

0
470

पाँचथर,

पहाडी जिल्ला पाँचथरमा पनि डेंगुको संक्रमित फेला परेका छन्।

निरन्तर ज्वरो आएपछि अस्पतालमा पुगेका फिदिम–१ का रोशन श्रेष्ठ, कल्पना भण्डारी, गजेन्द्र भण्डारी, वडा नम्बर ४ मा रहेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कार्यरत नायब सुब्बा पुरुषोत्तम पौडेल र फिदिम – १२ का रामप्रसाद राईमा डेंगुको संक्रमण देखिएको फिदिमस्थित समर्पित अस्पतालका सूचना तथा सम्पर्क अधिकारी शिशिर आङ्बोले जानकारी दिए।

उनका अनुसार संक्रमितमध्ये दुई जनालाई विराटनगरस्थित नोबेल अस्पताल र एक जनालाई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here