झापा।
झापाको इलाका प्रहरी कार्यालय अनारमनीमा रहेका थुनुवा भेट्न आएका एक ब्यक्तिलाई प्रहरीले लागूऔषध र ब्लेडसहित पक्राउ गरेको छ ।
मंगलवार राति पौने ९ बजे इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका जबरजस्ती करणी मुद्दाका थुनुवालाई भेट्न आएका बिर्तामोड नगरपालिका –१ बस्ने २४ बर्षीय बिशाल शाक्यलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट १ थान ब्लेड, ०.१७ मिलिग्राम ब्राउन सुगर र ०.६९ मिलिग्राम गाँजा फेला परेको थियो ।
लागूऔषधसहित पक्राउ परेका शाक्यलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।






























