राप्रपा (संयुक्त) झापाको नेतृत्व चयन

0
777

बिर्तामोड।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच पार्टी एकता भएसँगै संगठन बिस्तारलाई तीव्रता दिइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सहमति पत्रमा हस्ताक्षर गरेपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) राखिएको हो ।
दुवै पार्टी एकीकरण भएर राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) गठन भएसँगै संगठन बिस्तारलाई तीव्रता दिइएको हो ।

संगठन बिस्तारलाई तीवता दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त) ले झापामा पनि एकीकरण घोषणा सभा सम्पन्न गरेको छ । झापामा भएको एकीकरण घोषणा सभाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) झापाको अध्यक्षमा ओमप्रकाश मिश्र चयन भएका छन् । अध्यक्षमा चयन भएका मिश्र यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) झापाका जिल्ला अध्यक्ष थिए ।

झापामा भएको एकीकरण घोषणा सभाबाट अध्यक्ष मात्र चयन गरेको र अव बैठक बसेर समितिलाई पूर्णता दिइने राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का युवा नेता नीरबहादुर कार्की (नेत्र) ले जानकारी दिए ।

ज्ञानबहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा दिपेश राई (गोरे)ले स्वागत गरेका थिए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का केन्द्रीय सदस्यद्वय बिश्वनाथ श्रेष्ठ, देवीरमण भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का युवा नेता नीरबहादुर कार्की (नेत्र) ले गरेका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here