हामी, हाम्रो समाज र भ्रष्टाचार

२३ श्रावण २०७६, बिहीबार मा प्रकाशित

नेत्रप्रसाद निरौला,

हाम्रो देशको इतिहास हेर्ने हो भने राष्ट्रमा भ्रष्टाचार भएको राणाकालदेखि नै देखिन्छ । राणाकालमा राष्ट्रिय सम्पत्तिको व्यापक दुरुपयोग भएको इतिहास अध्ययन गर्दा थाहा हुन्छ । राणा शासकहरुले आफ्नो शक्तिको दुरुपयोग गर्दै राष्ट्रिय सम्पत्तिको आफू र आफ्नो परिवारको हितका लागि मात्र प्रयोग गरे, आफ्ना लागि आलिशान महल ठडाए । तर, देश र नागरिकका लागि कुनै विकास निर्माणतर्पm खासै ध्यान दिएनन्, बेलाबखत नागरिकको मुख थुन्न गरिएका केही कार्यहरु पर्याप्त थिएनन् । यसैकारण राणा शासकहरु प्रति आमनागरिकको व्यापक असन्तुष्टि रह्यो र नागरिक सडकमा उत्रिन बाध्य भए, राणाशासन अन्त्यको यो एउटा मुख्यकारण बन्यो ।

राणा शासनको अन्त्यपछि मुलुकमा केही समयसम्म राजनीतिक अस्थिरता रह्यो । त्यसपछि चुनाव भयो, तर चुनावी सरकारले आफ्नो कार्यकाल पूरा गर्न सकेन, त्यसकारण त्यस सरकारमा बस्ने सदस्यहरुको राम्ररी मूल्यांकन गर्न सकिएन र त्यसपछि मुलुकमा पञ्चायति व्यवस्था शुरु भयो । यसले पूवाद्र्धमा केही आशलाग्दा काम शुरु गरेको थियो । भौतिक विकास निर्माणको क्षेत्रमा केही राम्रा कामहरुका शुरुवात भए पनि राजनीतिक रुपले व्यवस्था एक दलीय र अन्य दलहरुप्रति असहिष्णु थियो । पञ्चायति व्यवस्थाको उत्तरार्धमा भ्रष्टाचार निकै मौलाएको पाइन्छ र यस व्यवस्थाको पतनको एउटा मूख्य कारण भ्रष्टाचार पनि थियो । जनता प्रति यसले ठूलो आक्रोश जन्माउन सहयोग ग¥यो । तत्कालीन पूर्व प्रहरी महानिरीक्षक डीबी लामा तथा सेनाका तत्कालीन कर्णेल भरत गुरुङको भ्रष्टाचार प्रकरण यसका केही उदाहरण हुन् ।

पञ्चायति व्यवस्था फाल्नका लागि दलहरुले भ्रष्टाचारका मुद्दा अगाडि ल्याएका थिए । यसैले जनआन्दोलनलाई व्यापक समर्थन थियो र अन्ततोगत्वा पञ्चायति व्यवस्थाको अन्त्य पनि भयो । यसपछि निर्माण भएका प्रत्येक निर्वाचित सरकारले भष्टाचारविरुद्ध काम गर्ने प्रतिवद्धता जाहेर गर्दथे । तर, भ्रष्टाचार झन् मौलाउँदै गयो । खुल्ला राजनीतिक व्यवस्थामा त झन् भ्रष्टाचारको गुणात्मक बृद्धि हुन थाल्यो । बहुदलीय व्यवस्थामा निर्माण भएका प्रत्येक सरकार संघर्षशील व्यक्तित्वले नेतृत्वले गरेका नै थिए । तर, छोटो समयमा नै राजनीतिक दलका नेतृत्व लगायत राजनीतिक दलका कार्यकर्ताहरु सुविधाभोगी भए जसको फलस्वरुप भ्रष्टाचार झण्डै संस्थागत रुपले बृद्धि हुन थाल्यो र आज आएर भ्रष्टाचार नियन्त्रण बाहिर गएको झैं प्रतित हुन थालेको छ । हरेक क्षेत्रमा भ्रष्टाचार, अनियमितता देखिन थालेको छ ।

यस लेखमा म भ्रष्टाचारको अलिक फरक ढंगले विश्लेषण गर्न खोजिरहेको छु । मेरा केही अनुभवहरु अगाडि ल्याउने प्रयास गर्दैछु र यस कुराले भ्रष्टाचार नियन्त्रणमा थोरै भए पनि सहयोग पुग्छहोला भन्ने विश्वास लिएको छु । अहिलेसम्म आईपुग्दा भ्रष्टाचार भौतिक मात्र रहेन । हाम्रो शैक्षिक प्रणाली, परनिरर्भता, अन्धाधुन्ध विदेशी नक्कल साथै विदेशप्रतिको उत्कृष्ट चाहना जस्ता कारणहरुले हाम्रा पुराना मूल्य–मान्यता, सामाजिक सद्भाव, परम्परा आदि विस्तारै हराउँदै गए, यसो हुनुमा कतिपय राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ–संस्थाहरुको दीर्घकालीन रणनीति पनि हुन सक्ने सम्भावना छ । जसमा हाम्रा सामाजिक तथा राजनीतिक नेतृत्वहरुलाई भौतिक सुख–सुविधाका लोभहरु देखाइए र प्रत्यक्ष वा परोक्षरुपमा प्रयोग गरिए । नेतृत्वहरुलाई सल्लाह दिने सल्लाहकारहरुले पनि आफू अनुकूल सल्लाह दिए । यसरी हाम्रा सुन्दर सामाजिक बनावट र सोचलाई आधुनिकीकरणका नाममा छिन्नभिन्न पारिए ।

त्यस्तै प्रजातन्त्रका नाममा हामी यति धेरै दलीयरुपले विभाजित भयौ कि, यसको प्रत्यक्ष फाइदा हाम्रा दलका नेता तथा वरिपरिका भरौटेहरुले लिएको हामीले बुझेनौं वा थोरै आर्थिक लाभमा बुझपचाई रह्यौं । भ्रष्टाचार अब भौतिक समस्या मात्र रहेन, कानूनी प्रयोगले मात्र भ्रष्टाचारको अन्त्य हुने सम्भावना देखिँदैन, अन्यथा प्रत्येक सरकारको प्रमुख एजेण्डा भ्रष्टाचारको अन्त्य हुँदाहुँदै किन भ्रष्टाचार झन् मौलाउँदैछ । भ्रष्टाचार हाम्रो सामाजिक जीवनको एउटा पाटो बनि सक्यो र यसको अन्त्य पनि अब सामाजिकरुपले नै खोज्नुपर्ने आजको टड्कारो आवश्यकता हो । यसका लागि म एउटा दृष्टान्त प्रस्तुत गर्न चाहन्छु । आजभन्दा पाँच÷छ वर्ष अगाडि म ग्रामीण खानेपानी एवम् सरसफाई तथा कोष विकास समिति अन्तर्गत सञ्चालित केही ग्रामीण खानेपानी आयोजनाहरुका कार्यक्रम संयोजकका रुपमा कार्यरत् थिएँ । यस्तै एउटा खानेपानी तथा सरसफाई आयोजनाका उपभोक्ता समितिका अध्यक्षको भनाईले धेरै समयसम्म मेरो मानसपटलमा विभिन्नतर्क तथा जिज्ञासा आइरह्यो जसको उत्तर मसँग थिएन ।

उनको भनाई अनुसार आयोजना रहेको गाउँका बासिन्दाहरुले उनले बिना स्वार्थ गरेको कामलाई कहिल्यै धन्यवाद दिएनन्, बरु त्यत्रो आयोजनामा बसेर थोरै पनि आर्थिक लाभ लिन नसकेकामा प्रत्यक्ष अप्रत्यक्ष रुपले जिस्काइ रहे । यो घट्ना त एउटा प्रतिनिधि घट्ना मात्र हो । यहाँनेर मैले उल्लेख गर्न खाजेको कुरा चाहिँ के हो भने हामी कतै नागरिकहरु नै प्रत्यक्ष वा परोक्षरुपले भ्रष्टाचार गर्न उकासी रहेका त छैनौं ? हामी कुनै पनि भ्रष्टाचार वा अनियमितता अथवा अख्तियारी दुरुपयोगलाई घुमाउरो रुपले समर्थन त गरिरहेका छैनौं ? यस्तो बेलामा एकढिक्का भएर लड्नुपर्ने बेलामा विभिन्न बहानामा विभाजित भएर भ्रष्टाचारीलाई नै सघाइ रहेका पो छांंै कि, यस विषयमा हामीले गम्भीर भएर सोच्न जरुरी भइसकेको छ ।

हाम्रा प्रत्येक टिप्पणीहरु भ्रष्टाचार प्रति सहयोगी बन्छन् कि यसकाविरुद्ध छन् । टिप्पणी गर्नुअघि गम्भीर भएर सोच्नैपर्ने हुन्छ । हामी कसैले हाम्रा नजिकका आफन्त, नातेदार, छिमेकी वा साथीभाइले छोटो समयमा ठूलो आर्थिक प्रगति ग¥यो भने उसको प्रशंसा गर्न थाल्छौ, उसलाई सारै चतुर, चलाख वा यस्तै प्रकारका विशेषणले उसका प्रशंसा शुरु हुने गर्छ समाजमा । उसले कसरी आर्थिक आयआर्जन ग¥यो, त्यसको बारेमा न कसैले बुझ्छ वा न लेखाजोखा गर्छ । भ्रष्ट नेता प्रष्ट हँुदाहुँदै कार्यकर्ताको भीड लाग्छ । यस प्रवृत्तिले भ्रष्टाचार कहिल्यै हट्दैन, बरु झन् बढ्न सक्छ । भ्रष्टाचार हाम्रो देशमा प्रतिष्ठाको विषय पो बन्न शुरु भयो र यसका लागि हामी सबै कार्यकर्ता, जो सानोतिनो स्वार्थमा समर्थन र विरोधमा उत्रन्छौं ।

नेपालमा भ्रष्टाचारको अन्त्य नभए लामो समयसम्म पनि राष्ट्र निर्माण सम्भव छैन र भ्रष्टाचारको अन्त्यका लागि कानून र राज्यको पहलमात्रले पनि सम्भव छैन । धेरै प्रयोग भइसक्यो, देखिसकियो । भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार प्राप्त व्यक्ति वा सस्था स्वयम् नै भ्रष्टाचारको दलदलमा फसेको पनि कति उदाहरण पाइन्छ । यसको अन्त्यका लागि अब सामाजिक बहिष्कार मात्र एउटा राम्रो अस्त्र हुन सक्छ ।

राजनीतिक भ्रष्टाचारीलाई कार्यकर्ताहरुले तिरस्कार गर्नुपर्छ जसबाट भ्रष्टाचारीले राम्रो सवक सिकोस् तथा जवाफदेही होस् र अन्य भ्रष्टाचारीहरुलाई सामाजिक रुपले बहिस्कार गरिनु पर्छ । हरेक तह तप्काका नागरिकले यो बुझ्न जरुरी छ । अन्यथा हामी एकथरी मानिस मुलुकमा भ्रष्टाचार बढ्यो भनेर कराई रहन्छौं, अर्कोथरी मानिस भ्रष्टाचार गरिरहन्छन्, मोजमस्ती गरिरहन्छन् ।

निरौला न्यूटन्स एजुकेशन एकेडेमी बिर्तामोडका शिक्षक हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here