नौ जुवाडे पक्राउ

0
373

नवलपरासी,

जुवा खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी पूर्व नवलपुरको कावासोती–८ सभापतिचोकस्थित बुद्धि तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको हो । जुवा खेलिरहेको भन्ने सूचना प्राप्त गरेपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जुवाको खालबाट प्रहरीले रु ८१ हजार ७६५ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभएको छ ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here