बिर्तामोड ।

साहित्यकार तुलसीप्रसाद भट्टराईले हालै प्रकासन गरेका दुई वटा कृतिको चर्चा परिचर्चा गरिएको छ ।
बिर्तामोडस्थित साहित्य चौतारीको सभाहलमा भट्टराईका दुईकृति समता खण्ड काब्य र गजल संग्रह मञ्जरीको चर्चा परिचर्चा गरिएको हो ।
साहित्य चौतारी झापाको आयोजना तथा गोपी धाम धरानका युवा सन्त श्री १०८ जगतनन्दन आचार्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा समता खण्ड काब्यको समिक्षा कोमलप्रसाद पोखरेल र टीकाराम मग्रान्तीले गरेका थिए भने गजल संग्रह मञ्जरीको समिक्षा विवश वलिभद्र कोइरालाले गरेका थिए ।
चौतारीका अध्यक्ष टंक विकल्पको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ सुभद्रा भट्टराई, गीतकार शिवशंकर थापा, हस्त परियार, साहित्यकार भवानी क्षेत्री, राजेन्द्रकुमार संग्रौला, हरिचरण वानिया, पुण्य खरेल लगायतले कृतिका विषयमा आ आफ्नो धारणा राखेका थिए । साहित्यकारहरुले आ – आफ्नो साहित्य वाचन गरेको कार्यक्रमको संचालन खगेन्द्र खुशीले गरेकी थिइन् ।


























