झापाका नदी तथा खोलामा उत्खनन जारी,चालकसहित ट्याक्टर प्रहरीको नियन्त्रणमा

0
657

झापा

झापाका नदी तथा खोलामा अवैध रूपमा नदी जन्य सामग्रीको उत्खनन कार्य जारी छ  । चुरे संरक्षणका लागि सरकारले असारदेखि भदौ सम्म नदी तथा खोलाबाट नदी जन्य सामग्री उत्खनन गर्न नपाउने कानुन ल्याएको छ ।

सोही कानुनको धज्जी उडाउँदै नदी तथा खोलाको दोहन जारी रहेको पाइएको छ । यसैक्रममा  प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले शिवशताक्षी नगरपालिका १० माईखोलामा अवैध रूपमा गिट्टी बालुवा उत्खनन गरिरहेको एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले मे १ त ५८७१ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

ट्रयाक्टर चालक दमक नगरपालिका १० बस्ने  २३ वर्षीय राजकुमार सदालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चालक सदासहित ट्याक्टरलाई आवश्यक कारबाहीको लागी शिवसताक्षी नगरपालिका पठाएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

तीन महिनाका लागि नदी तथा खोलाबाट नदीजन्य सामग्री उत्खनन गर्न नपाउने अवस्थामा झापाको मेची, निन्दा, हडिया, विरीङ, कनकाई, मावा लगायतको नदीमा लुकिछुपी उत्खनन भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here