इनारमा खसेर महिलाको मृत्यु

0
752

चितवन,

भरतपुर महानगरपालिका–९ आदर्शचोकमा आज बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो ।

इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खस्नुभएको थियो । इनारमा खसेकी भुसालको शव भरतपुर अस्पताल ल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here