१७ दिन यौन शोषण, प्रहरी जवान पक्राउ

0
808

गौशाला।

दलित किशोरीलाई महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ स्थित गाउँबाट भारतको राजधानी नयाँदिल्ली पु¥याएर १७ दिनसम्म यौनशोषण गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

आफूले जन्म दिएकी आमाले परपुरुषसँग मिलेर आफ्नै १२ वर्षीया छोरीलाई गाउँबाट दिल्ली लगी १७ दिनसम्म यौनशोषण गराएको आरोपमा बर्दिबास नगरपालिका–९ बस्ने ४० वर्षीय सीयाराम महतो र बालिकाकी आमालाई पक्राउ गरिएको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

यसैबीच ओखलढुङ्गामा जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् । सप्तरी घर भई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीया युवतीलाई करणी गरेको आरोप छ ।
पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । किशोरीको किटानी जाहेरीका आधारमा प्रहरी जवान यादवलाई अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको उनको भनाइ छ ।

मङ्गलबार घाँस काट्न गएकी युवतीलाई प्रहरी जवान यादवले जङ्गलमै जबर्जस्ती करणी गरेको पीडितको आरोप छ । यादवले करणी गरिरहेका बेला युवतीका बुबाले देखेपछि घटना बाहिर आएको हो । प्रहरीले जङ्गलमा युवतीलाई करणी गरेको घटना बाहिरिएपछि स्थानीयवासीले प्रहरीचौकी घेराउ गरेका थिए । चौकी तोडफोडको स्थिति आएपछि पीडित र आरोपित प्रहरीलाई जिल्ला झिकाइएको थियो ।

युवतीले आफूलाई इच्छाविपरीत पटक–पटक यादवले करणी गरेको भनी किटानी दिएकी छिन् । महिला अधिकारकर्मीको सहयोगमा युवतीले जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता गराएकी हुन् । यादवले यसअघि जङ्गलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि उनलाई प्रलोभन दिएर यौन सम्पर्क राखेको खुलेको छ ।

डेढ महिना अघि प्रहरीचौकी श्रीचौरका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम विश्वकर्माले मदिरा सेवन गरेर महिलालाई यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको थियो । घटनापछि अनुसन्धान गरी विश्वकर्मालाई विभागीय कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here