विश्व आदिवासी दिवसमा रक्तदान

0
995

बिर्तामोड।

२५औं विश्व आदिवासी दिवसको अवसरमा बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

कार्यक्रममा ५० जनाभन्दा बढीले रक्तदान गरेको नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडका सचिव सुन्दर लिम्बूले जानकारी दिए । कार्यक्रममा रेडक्रसकर्मी ओमप्रकाश लुइँटेलले ६६औं पटक, ओमकुमार भुजेलले ४९औं पटक, पदमबहादुर तामाङले ४३औं पटक, सञ्जीव बर्माले २२औं पटक, पत्रकार रञ्जित प्रसाईंले १८औं पटक, दीपक मित्तलले १४औं पटक, पत्रकार तिलक योञ्जनले पाँचौं पटक रक्तदान गरेको बताइएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडका अध्यक्ष गोपाल राईको अध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाका अध्यक्ष भरतकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष राजकुमार राजवंशीले स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाका उपाध्यक्ष मेघराज थामी , मारवाडी सेवा समितिका दीपक मित्तल , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, किरात याक्थुङ चुम्लुङ बिर्तामोड नगर अध्यक्ष धर्म लक्सम्वा, बिर्तामोड–५ का वडाध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा बिर्तामोडका अध्यक्ष ज्ञानुराम प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडका सहसचिव रुपनारायण मुखियाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here