खुशीयाली छाओस् जम्मुकस्मिरमा

२५ श्रावण २०७६, शनिबार मा प्रकाशित

भुवन तामाङ,

जम्मुकस्मिर भन्ने बित्तिकै विश्व कै ध्यान तानिन्छ । यो एक यस्तो सानो क्षेत्र हो, जहाँ प्रकृतिको बरदान मौजुद छ । यहाँको भौगालिक तथा प्राकृतिक सौन्दैर्यसँग लएिर वर्षेनि लाखौँ बाह्य पर्यटकहरु आउने गर्दछन् । यहाँका बासिन्दाहरु पर्यटनबाटै जीवन निर्वाह गर्न सक्दछन् । यसको अलावा यहाँको खेतीपाती, फलपूmल खेती ज्याँदै उन्नत छ । पशुपालन पनि उत्तिकै फस्टाउँदो छ । यहाँका बासिन्दाहरुका हातमा मौलिक कला, कौशल र सीप छ । उनीहरुले हातैले बनाएका सामानहरुको विश्वभरी माग छ । कुटीर या घरेलु उद्योगको प्रचुर सम्भावना छ । आम्दानी र बैभवका दृष्टिले यहाँका मानिसहरु सुखी छन् । प्राकृतिक प्रकोपहरु पनि यहाँ धेरै हुँदैन र अनुकूल प्राकृतिक वातावरणका कारण रोगब्याधीहरु पनि धेरै लाग्दैनन् ।

सुन्दर पहाडी तथा हिमाली क्षेत्रमा अवस्थित स्वर्गको टुक्रा जस्तै मानिन्छ भारत प्रशासित क्षेत्र जम्मुकस्मिर । यो स्वर्गको टुक्रामात्र होइन सुनकै टुक्रा हो । तर, यही जम्मुकस्मिर भौगोलिक, राजनीतिक र सामरिक हिसाबले ज्याँदै संवेदनशील मानिन्छ । विशेषतः भारतका लागि । यहाँ द्वन्द्व भइरहन्छ । त्यसैले केही दिनअघि भारत सरकारले बोल्ड निर्णय गर्दैै भारतको संविधान मै उल्लेख जम्मुकस्मिरले पाउँदै आएको विशेष दर्जा र सुविधा निलम्वन गरिदिएको छ । यस्तो निर्णयले जम्मुकस्मिर अब भारतका अन्य राज्य सरह भएको छ । यति मात्र होइन जम्मुकस्मिरबाट लद्दाखलाई अलग गरी अलग व्यवस्था गर्न लागिएको छ । अब केवल जम्मुकस्मिरक्षेत्रमात्र रहने छ ।

पहिलेको व्यवस्था अनुसार जम्मुकस्मिरका जनताले मात्र त्यहाँ जमिन खरिद गर्न पाउँथे । त्यस्तै त्यहीँका जनतालेमात्र त्यहाँको सरकारी निकायमा जागिर पाउँथे । त्यसैले जम्मुकस्मिर त्यहाँका स्थायी बासिन्दा या समुदायका लागि मात्र एक संरक्षित क्षेत्र थियो । यी सब भइकन पनि जम्मुकस्मिर सधैँ द्वन्द्वमा फसिरह्यो । बाह्यतत्वले गडबड मच्चाई रहे । जसले गर्दा भारतले धेरै नोक्सानी व्यहोर्नु परिरहेको थियो ।

भारतबाट ब्रिटिस वहिर्गमन या भारत विभाजनताका जम्मुकस्मिरका अधिकांश बासिन्दाहरु पाकिस्तानसँग मिसिन चाहन्थे । तर, जम्मुकस्मिरका तत्कालीन शासकले भारतमा विलय हुने निर्णय गरिदिए । त्यहीँदेखि जम्मुकस्मिरको दुःख शुरु भएको मानिन्छ । अनि द्वन्द्वका कारण जम्मुकस्मिर दुःखैदुःखको जालोमा फस्यो । त्यसमा पनि अन्तर्राष्ट्रिय क्षेत्र, विशेषगरी पाकिस्तान र अतिवादीहरुले जम्मुकस्मिरलाई स्वतन्त्र गराउने बहानामा खेल खेल्न थाले । त्यसैले त्यहाँ आन्दोलन, बन्द हड्ताल, गोलीबारी, हत्या हिंसाले पश्रय पाएको हो । यस्तो अवस्थाबाट भारत सरकारलाई अत्यन्त असुविधा भइरहेको थियो । पाकिस्तानले जम्मुकस्मिर कब्जा गर्न दुईपटक सैन्य प्रयास गरेको थियो । तर, दुई पटक नै पाकिस्तानले भारतसँग हार व्यहोर्नु परेको थियो । वास्तवमा पाकिस्तानले असफल प्रयास गर्दै आएको थियो । तै पनि भारतलाई चुनौति नै थियो ।

ब्रिटिसले छाडेर जाँदाताका जम्मुकस्मिर पाकिस्तानसँग परेको भए परिस्थिति अर्कै हुन्थ्यो होला । पाकिस्तानी हुने सपना सजाउनु तर आप्mनो राज्य भारतमै छाडिनुले जम्मुकस्मिरका जनताहरु मानिसक रुपमा कति पीडित होलान् सहजै अनुमान लगाउन सकिन्छ । स्वतन्त्र हुने सपनाको तुरुप पनि पूरा नभएको अवस्थामा संविधान मै व्यवस्था भएको विशेष दर्जा पनि एक्कासी खोसिनुले जम्मुकस्मिरको जनताको मन कति भाँचिएको होला ? तर, यो हदको पीडा उब्जाउने काम पाकिस्तान र अतिवादीहरुले गराएका थिए । उनीहरुले स्वतन्त्र बनाइदिने सपना बाँडेका थिए र विभिन्न आन्दोलन र घटना गराएका थिए । वास्तवमा जम्मुकस्मिरका जनता खुकुरीको धारमा बाँचिरहेका थिए । वाह्यतत्वका कारण भारतीय पक्षबाटै पनि प्रताडना खेपिरहेका थिए । जनताहरु वाह्यतत्वको चलखेल र भारत सरकारले गर्ने ज्यादतीबाट छुट्कारा पाउन चाहन्थे । इतिहासले उनीहरुलाई जुन स्थानमा राखेको थियो त्यसैमा रहेर सुखी जीवन जिउन चाहन्थे । आप्mना सन्तानको भविष्य बनाउन चाहन्थे । तर, समयक्रमसँगै उनीहरुले आप्mना हजारौं लक्काजवान सन्तान द्वन्द्वका कारण गुमाए ।

भारतीय जनता पार्टी (भाजपा)ले जम्मुकस्मिरले पाएको विशेष दर्जा खोस्ने योजना धेरै पहिल्यै बुनेको थियो । त्यसैले सत्तारुढ पार्टी भाजपाले बहुमतका बलमा भारत सरकारका तर्पmबाट निर्णय गर्दै जम्मुकस्मिरलाई भारतका अन्य राज्यसरह बनाउँदा स्वयम् जम्मुकस्मिरी जनताहरु चकित पर्नु स्वभाविककै हो । भाजपाको भिजन प्रष्ट थियो । भाजपाले आप्mनो भिजनको मिसन पनि कुशलतापूर्वक सम्पन्न ग¥यो । भिजन, मिसन होस् त त्यस्तो पो ।
भारतले यस्तो कदम चाल्दैछ भन्ने भनकसम्म पनि पाएन पाकिस्तानले । जिल्लिएको छ पाकिस्तान । जम्मुकस्मिरी जनताउपर दमन भए चुप लागेर नबस्ने भनेर पाकिस्तान कुर्लिइरहे पनि पाकिस्तानले अब केही गर्ने अवस्था देखिँदैन केवल यस मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नु बाहेक । पाकिस्तानले कुरा उठाए पनि भर्खर अलग गरिएको लद्दाख र जम्मुकस्मिर एक बनाउनै असम्भव हुन्छ । जम्मुकस्मिरलाई पुरानै दर्जामा फर्काउन पनि पहाड फोर्नु पर्ने हुन्छ । अनि कैले जम्मुकस्मिरलाई स्वतन्त्र पार्न सक्ला पाकिस्तानले ? त्यसैले पाकिस्तान तथा वाह्यतत्व हच्किने छन् बरु ।

आर्थिक तथा उच्च सुरक्षा प्रविधि सम्पन्न भारतसँग घरि–घरि युद्ध गर्नु पाकिस्तानका लागि सम्भव छैन ।
वैधानिक हिसाबले हेर्ने हो भने भारतले आप्mनै भू–भाग पुनः व्यबस्थित गरेको हो । जम्मुकस्मिरमा निश्चय पनि मुस्लिम बाहुल्यता छ । त्यसै भएर पाकिस्तान र मुस्लिम अतिवादीहरुले उनीहरुको भावनामा खेलबाड गर्न या सपना बाँड्न सजिलो थियो । अब जम्मुकस्मिरमा सम्भवतः विविधता आउने छ । किनकि अब त्यहाँ भारतका अन्य भू–भागका मानिसहरुले पनि घरजग्गा खरिद गरी बस्न, इलम गर्न पाउने छन् । त्यस्तैगरी त्यहाँको सरकारी जागिरमा पनि भारतका अन्य भागका मानिसहरुले पनि लड्न पाउने छन् । त्यसैले जम्मुकस्मिरको जनसंख्या र काम अब कलरपूmल हुनेछ ।
अर्थात् समावेशी हुनेछ । अतिवादी विचार राख्नेहरु पनि विस्तारै परिवर्तन हुन बाध्य हुनुपर्नेछ । विविधतामै खुशी, सुखी, समृद्धि र विकास सम्भव हुने कुरा स्वीकारिँदै जानेछ । हेर्दाहेर्दै जम्मुकस्मिरको मुहार चाँडै फेरिने छ । साँच्चै ऊ सुन्दर, समृद्ध र अपेक्षित रुपमा विकसित हुनेछ । पर्यटकहरु झन् हुल बाँधी–बाँधी आउने छन् र जम्मुकस्मिरको चिसो मौसममा रमाउने छन् । जम्मुकस्मिर बैभवले झकिझकाउ हुनेछ । अनि त्यहाँका रैथाने जनताले भन्ने छन्– यो पो हो त हामीले चाहेको जम्मुकस्मिर । हाम्रो सपना यस्तो पो हुनुपर्ने थियो त ।

त्यतैगरी, तत्काललाई अनौठो, तितो र कडा निर्णय लागे पनि तर, सुदूर भविष्यलाई हेर्ने हो भने जम्मुकस्मिरी जनताहरुका लागि खुसहाली नै खुसहाली आउने देखिन्छ । किनकि भारतले यस मुद्दालाई निश्चय पनि दह्रोसँग दीर्घकालीन व्यवस्थापन गर्र्ने नै छ । जम्मुकस्मिरको स्थिर शान्तिका लागि त्यहाँका जनताका सुखी जीवनस्तरका लागि भरपर्दो काम गर्ने नै छ । नत्र भने उसले बिनासित्ती यस्तो कठिन कदम उठाउने नै थिएन । भारतले अब त्यहाँ कडा सुरक्षा व्यवस्था गर्दै हरसम्भव विकास र समृद्धिका गतिविधिहरु बढाएर जम्मुकस्मिरी जनताको मन जितेर शासन पनि गर्नेछ र त्यहाँको जनताको करिस्मा पनि बदल्ने छ ।

विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भारतले जम्मुकस्मिरका जनताका मानवअधिकारको रक्षा गर्दै जम्मुकस्मिरलाई भारतकै हिरा बनाउने छ । हुन पनि यसै गरेमात्र भारतको यो निर्णय उसका लागि सुदूर सुखद् हुनेछ । ऐतिहासिक अभियान हुनेछ । जम्मुकस्मिरी जनता तथा भारतीयहरुले नै भन्ने गरेको शब्दमा हामी पनि कामना गरौँ, जम्मुकस्मिरमा खुशीयाली नै खुशीयाली छाओस् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here