रोनाल्डोलाई फेरी पनि उछिने मेसीले

२५ श्रावण २०७६, शनिबार मा प्रकाशित

एजेन्सी ।

विश्वकै उत्कृष्ट मध्येका खेलाडी हुन् अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पोर्चुगल तथा युभेन्ट्सका कप्तान क्रिष्टियानो रोनाल्डो ।

यि विश्वविख्यात खेलाडीहरुबिचको प्रतिस्पर्धा रोचक बन्दै आइरहेको छ । विश्वकपमा होस् वा क्लबको म्याचमा नै किन नहोस् यि खेलाडीहरुको खेलका कारण समाचार सँधै बनिरहेको हुन्छ ।

यसैबिच मेसीको गोल च्याम्पियन्स लिग सिजन २०१८र२०१९ कै उत्कृष्ट सावित हुँदा रोनाल्डोको गोल भने दोस्रो स्थानमा पर्न सफल भएको छ ।

रोनाल्डोले म्यानचेस्टर युनाइटेडविरुद्ध समूह चरणमा भलीमार्फत गरेको गोल गोललाई सिजनको उत्कृष्ट गोलमा मनोनयन गरिएको थियो । गएको सिजन च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा लिभरपुलविरुद्धको पहिलो लेगमा फ्रि(किकमार्फत गरेको गोल नै सिजनको उत्कृष्ट भएको बिबिसीले जनाएको छ ।

मेसीले सिजनको उत्कृष्ट गोलको अवार्ड जितेको यो तेस्रो पटक हो । गत सिजन रोनाल्डोले उक्त अवार्ड जितेका थिए । यसपटक मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सीको गोल समर्थकहरुको भोटका आधारमा उत्कृष्ट भएको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here