‘तिम्रो त्यो नसालु’ बोलको गीतमा जय र रिमाको अभिनय

२५ श्रावण २०७६, शनिबार मा प्रकाशित

काठमाडौँ,

तिम्रो त्यो नसालु’ बोलको गीत सार्वजनिक भएको छ । सन्तोष कालिकोटेको शब्द, सङ्गीत तथा स्वर रहेको गीतमा एरेन्ज भने रिकेश गुरुङको सुन्न सकिन्छ । गायक कालिकोटेको यसअघि ‘छटपटि’ ‘गुन्द्रुक मिठो’, जालैमा जालैमा लगायतका गीतहरु चर्चित रहेका थिए ।

रोमान्टिक शैलीमा बनेको गीतलाई निशान घिमिरे कस्यपले निर्देशन गरेका हुन्। जहाँ जय रसाइली र रिमा बिस्वकर्मा फ़िचर्ड छन् । जहाँ दुईको क्यामेस्ट्री रोमान्टिक देखिएको छ ।

गोदावरी आसपासका स्थानमा खिचिएको गीतमा समरा जोसीको मेकअप,बुद्ध थापाको छायाकन र बिकास दाहालको सम्पादन देख्न सकिन्छ। गीतलाई निर्माण भने लक्ष्मी रसाइली र ललिता श्रेष्ठले गरेका हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here