बिर्तामोड ।
झापामा एक व्यक्ति भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हल्दिवारी गाउँपालिका – ५ जलथल निवासी ६० वर्षीय ताराहाङ्ग राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार उनलाई शुक्रवार राति साढे ८ वजे भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको हो । प्रहरी चौकी जलथलको गस्ती टोलीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।
पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरी नायवउपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।































