अर्जुनधारा।

झापाको अर्जुनधारा–२ र इलामको माई–५ जोड्ने बाबीयो खोल्सीमा पक्की पुल निर्माण भएको छ ।
गत फाल्गुन २ गते सम्झौता भई जेठ ३० गते निर्माण सम्पन्न भएको नवनिर्मित पुलको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार राना र माई नगरपालिकाका नगर प्रमुख दिपककुमार थेवेले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
३३ लाख ४५ हजार दुई सय ६० रुपैयाँ ७८ पैसाको लागतमा निर्माण सम्पन्न भएको उक्त पुल निर्माण गर्न दुवै नगरपालिकाले साझेदारी अन्र्तगत संयुक्तरुपमा २८ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
उपभोक्ता समितिकी अध्यक्ष शारदा समालको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधाराकी नगर उपप्रमुख कमला खतिवडा आचार्य, वडाध्यक्ष रघुनाथ खनाल, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झापाका सदस्य योगेन्द्र आचार्य, अर्जुनधारा नगर अध्यक्ष प्रेमसागर सापकोटा, माई नगर सचिव हेमलाय मगरलगायतले बोलेका थिए ।
समितिका उपाध्यक्ष लोकेन्द्र विष्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव लीलानाथ न्यौपानेले गरेका थिए ।






























