इटहरी।
नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीमा कार्यरत एक सेनानी अबैध लागुऔषध ब्राउन सुगरसहित शनिबार साझ इटहरीमा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीको टोलीले सेनानी अजितप्रताप सिंहलाई पूर्वी पृतना मुख्यालय अगाडिको क्षेत्रबाट पक्राउ गरेको हो ।
उनको साथबाट डेढ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी नायव उपरीक्षक समीरचन्द्र खरेलले जानकारी दिनुभयो । अबैध लागुऔषध बिक्री भएरहेको सुचनाको आधारमा सेनाको पूर्वी पृतना अगाडिको क्षेत्रबाट उनी पक्राउ परेका हुन् ।
पक्राउ परेका सेनानी सिंहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






























