बिर्तामोड।

वीरता लेडी जेसीजले जेसीज सप्ताहको अवसरमा बिर्तामोडमा खरिद बिक्रीमा अर्थतन्त्रको भूमिका विषयक तालिम सम्पन्न गरेको छ ।
वीरता लेडी जेसीजकी अध्यक्ष सरु भुर्तेल खनालको अध्यक्षता तथा बिर्तामोड–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक गोमा भट्टराईले स्वागत गरेकी थिइन् । कार्यक्रममा आस्था वाचन कार्यक्रम संयोजक कल्पना दाहालले गरेकी थिइन् ।
कार्यक्रममा वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष नम्रता रिजाल ढकालले औचित्यमाथि प्रकाश पार्दै नेपाल जेसीजको कार्यक्रम अन्तर्गत भएको वीरता लेडी जेसीजको जेसीज सप्ताहमा चौथौ कार्यक्रमको रुपमा यो तालिम गरिएको बताइन् ।
कार्यक्रममा वीरता जेसीजका अध्यक्ष विशाल थापा, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तालिमको सहजीकरण गोमेन्द्र महाबिद्यालयका प्राचार्य डा.रुपक खनालले गरेका थिए । तालिममा वीरता लेडी जेसीज, वीरता जेसीज, भद्रपुर जेसीज, मेचीनगर लेडी जेसीजका ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो । तालिममा सहभागी भद्रपुर जेसीजका महासचिव डिल्लीराम पोखरेल र मेचीनगर लेडी जेसीजकी उपाध्यक्ष सविता पोखरेलले तालिम फलदायी रहेको बताएका थिए ।
सुरुङ्गा जेसीजकी पूर्व अध्यक्ष सरला पोखरेल, कन्काई चेम्बर्स अफ कमर्शकी अध्यक्ष खिनमाया खतिवडा, वीरता लेडी जेसीजका पूर्व अध्यक्षहरु कञ्चना ढकाल सिटौला, उर्मिला खरेल, पार्वता खरेल विमली, रजनी बजगाईं, नैनकला भट्टराई लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी सहसचिव संगीता गिरीले गरेकी थिइन् ।






























