फाकफोकथुमा आदिवासी जनजाति दिवस

0
557

युद्धबहादुर बोहोरा / इलाम।

‘विश्व भरिका उत्पीडित जाति एक हौं’ भन्ने मूल नाराका साथ फाकफोकथुम–१, ठिंङ्गेपुरमा विश्व आदिवासी जनजाति दिवस मनाइएको छ ।

आदिवासी जनजाति महासंघ वडा नं. १ ले आयोजना गरेको कार्यक्रम महासंघका अध्यक्ष देउप्रसाद लिम्बूको अध्यक्षता तथा वडा अध्यक्ष टेकवीर लिम्बूको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेम्वाङले आदिवासी जनजातिको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था र आगामी दिनमा यो समुदायले खेल्नुपर्ने भूमिकाबारे ब्याख्या गरेका थिए ।

उनले उत्पीडित जातिको पहिचान स्थापित गर्न र राज्यको मुलधारमा जनजाति समुदायलाई समावेश गर्न राज्यबाट कञ्जुस्याइँ नगर्न समेत आग्रह गरेका थिए । यसै आर्थिक वर्षमा जनजाति शीर्षकको बजेटबाट आदिवासी जनजाति संग्रहालय निर्माण गर्न वडामा थोरै भए पनि रकमको व्यवस्था गरिएको उनले जानकारी गराए ।

कार्यक्रममा किरात याक्थुङ्ग चुम्लुङ्ग, नेपाल शेर्पा समाज, किरात राई यायोक्खा, नेपाल मगर संघ, नेवार समाज, भुजेल समाज, किरात याख्खा छुम्मा, नेपाल तामाङ घेदुङ्ग संघ गरी वडामा रहेका आठ जनजाति समुदायका संगठनहरुको सहभागिता रहेको थियो । उनीहरुले आ–आफ्नो जातीय पहिचानसहितको कला संस्कृती प्रदर्शन गरेका थिए ।

ढोलनाच, च्याबु्रङ्ग नाच, पालाम, तामाङ सेलो गाउनुका साथै विद्यार्थीहरुले ब्यङ्यात्मक ¥याप गीत सुनाएर मनोरञ्जन गराएका थिए । उत्कृष्ट कला प्रदर्शन गर्ने समूहलाई प्रमुख अतिथिबाट नगद पुरस्कार प्रदान गरिएको कार्यक्रमको सञ्चालन वीरमान लिम्बूले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here