एउटा युगको अन्त्य

२६ श्रावण २०७६, आईतवार मा प्रकाशित

बिर्तामोडको धरोहर एवम् प्रजातान्त्रिक आन्दोलनका निष्पृह र एकलव्य निष्ठा टुङ्गबहादुर बस्नेतको स्वर्गवास भएको छ । उनको अनुपस्थितिले नेपाली समाज र राजनीतिको पूर्वी नेपालका लागि कहिल्यै पूरा नहुने रिक्तताका रुपमा रहने छ । दुर्लभ जस्तै रहेका समय अनौपचारिक रुपमै शिक्षा ग्रहण गर्दै त्यही चेतना अरुहरुसम्म पु¥याउन उनले गरेको संघर्ष तिलस्मी लाग्न सक्छ नयाँ पिढीलाई । तर, उनी स्वयम् चेतनाको पुञ्ज बनेर नवपिढीलाई आशक्तता र वृद्धताका बावजुद पनि तेजोमय बनाइ रहन्थे । हरेक समाज सापेक्ष सभा समारोहमा उपस्थित भएर आफूले सक्ने सहयोग गर्न तत्पर रहन्थे । तिनै समाज नायक, बिर्तामोडका अभिभावक, इलामका अग्रणी नेता टुङ्गबहादुर बस्नेत अब भौतिकरुपमा नदेखिने गरी अनुपस्थित भएका छन् ।

देहावसान, स्वर्गारोहण, निधन वा मृत्यु त्यही अवस्थाको संकेत हो जहाँ चाहेर वा नचाहेर मेट्न पाइँन्न । त्यही विन्दुबाट हज्जारौं शुभचिन्तकहरुले उनलाई आस्था, मूल्य र मान्यताको आधारमा शव यात्रामा सामेल भई परम्पद प्राप्तिको बाटोबाट सम्मान र श्रद्धाञ्जलि व्यक्त गरे । इलाम जिल्लाको साँखेजुङ नामको गाउँबाट प्रारम्भ भएको जीवनयात्रा अनेक आरोहअवरोह छिचोल्दै छ्यानब्बे वर्ष छिचोल्न एक प्रहर मात्र बाँकी रहँदा अस्ताए । यसबीच उनका संघर्षका कथाहरुको लामो श्रृंखलाले समेत लामो यात्रा तय ग¥यो । उनको प्रजातान्त्रिक चेतना यति प्रबल थियो कि प्रत्येक अँध्यारोमा जाज्वल्यमान तारा सन्मुख भएको ठान्थे ।

राजनीति उनको मूल ध्येय थियो, तर त्यसबाट पद वा अन्य कुनै लाभ प्राप्त गर्ने लालसा देखिएन । समाजवादी चेतना र प्रकाशबाट मात्र समाज रुपान्तरण गर्न सकिन्छ भन्ने ठान्ने उनले त्यसमा आएको आँधीबेहरीको पनि सामना गरे । अनेक दुःख–कष्ट खपे, सतिसाल भएर सामना गरे, तर थोरै पनि विचलित भएइनन् । महामानव वीपी कोइरालाको सानिध्यमा पूर्वी नेपालको पहाडी बस्तीमा घर–घर पुगेर आम नेपालीको जीवनलाई नजिकबाट नियालेका उनले वीपीको त्याग र समर्पण भाव समेत ग्रहण गरे । त्यहीकारण सर्वस्व ठानेको नेपाली कांग्रेसमा समयले ल्याएको विचलनले उनी मर्माहत हुन्थे, निःशब्द हुन्थे र त्यो पीडा अभिव्यक्तिका माध्यमबाट नेतृत्व वर्गसँग पोख्थे ।

राजनीति समाज परिवर्तनका लागि हो भन्ने ठान्ने उनले त्यसलाई भरथेग गर्दै पारिवारिक जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरे । आफूले पढ्न नपाएको समय आफ्ना सन्तानलाई उचित शिक्षा प्रदान गर्न लागीपरे । भारतको दार्जीलिङबाट शिक्षक ल्याएर समाजमा शिक्षाको ज्योति बाल्ने प्रयत्न गरे । त्यसो त एक्लैको प्रयासले समाज परिवर्तन आउन गाह्रो हुन्छ त्यसका लागि सहयोगी हात र साथ चाहिन्छ नै । त्यस्तो भूमिका उनले मावलबाट आफ्ना परिवार र गाउँसमाजबाटै प्राप्त गरे । अन्ततः त्यही गाउँले देशको प्रधानमन्त्री पनि जन्मायो र देशभर इलामलाई चेतनाका दृष्टिले परिचित गरायो ।
अत्यन्त मनकारी थिए बस्नेत भन्ने उनको हार्दिकताबाट सञ्चारित थुपै्रले बताउँछन् । सकेको जस्तोसुकै सहयोग गर्न सधैँ तत्पर रहने उनी समाजकै अभिभावक थिए । उनकै मार्गदर्शनबाट सन्तानहरु समाज सापेक्ष कर्ममा क्रियाशील छन् । शिक्षा, स्वास्थ्य र आध्यात्मिक क्षेत्रमा उनको गहिरो अभिरुची राख्ने उनको इच्छा अनुसार उनका सन्तानले त्यही क्षेत्रमा सेवा प्रवा गरिरहेका छन् । अतिशय संघर्ष र सेवाको प्रतिरुप झैं रहेका बस्नेतको चिरवियोग र अनन्त यात्राको क्षणमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here