माछा पोखरीमा डुबेर झापामा एक बालकको मृत्यु

२६ श्रावण २०७६, आईतवार मा प्रकाशित

भद्रपुर।

माछा पोखरीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भद्रपुरनगरपालिका १० बस्ने वासुदेव जोगीको १२ वर्षीय छोरा सुमन जोगी रहेको प्रहरी कार्यालय झापाका प्रहरीनायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार शनिवार बिहान घरबाट खेल्ननिस्केका सुमन बेलुका अबेर सम्म घर नफर्किए पछि परिवारजनले उनको खोजतलास सुरु गरे ।

खोजतलास गर्ने क्रममा सोही नगरपालिका स्थित विष्णु कन्ट्रक्सनको माछा पोखरीको डिलमा सुमनकोकपडा र चप्पल भेटिएको र उनको शव पनि त्यही पोखरीमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरी नायवउपरीक्षक श्रेष्ठले बताए ।

 उनको शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि भद्रपुरस्थित मेचीअञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । पोस्टमार्टम पछि परिवारजनले शव बुझेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here