पानीट्याङ्कीमा पेस्तोल र गोलीसहित एक नेपाली पक्राउ

२७ श्रावण २०७६, सोमबार मा प्रकाशित

झापा।

नेपाल–भारतको सीमावर्ती नाकामा पेस्तोलर त्यसमा लाग्ने सात राउन्ड गोलीसहित एकजना नेपाली पक्राउ परेका छन् ।

भारतको पानीटंकी नाकाबाट काँकडभिट्टातर्फ आइरहेका झापाको मेचीनगर नगरपालिका– ११ स्थित गैरीगाँउ बस्ने ३७ वर्षीय र्कीतन वतर (चौधरी) लाई पेस्तोलसहित भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको हो ।

एसएसबी ४१ बटालियन रानीडाँगाका टोलीले आइतबार विशेष सुराकी आधारमा नेपाली नागरिक वतरलाई पानीटंकीमा निर्मित एसियन हाइवेको फ्लाई ओभरबाट पक्राउ गरेको जनाइएको छ । एसएसबीले दिएको जानकारी अनुसार खोरीबासी बस्ने विजय राजवंशीले फोन गरेर वतरलाई भारतको पानीटंकी बोलाएका थिए ।

पेसाले सिटी सफारी चालक रहेका वतर आफ्नो मे १ ह ६९५० नम्बरको सफारी लिएर भारतीय नागरिक विजयलाई भेट्न पानीटंकी गए। त्यसपछि फ्लाई ओभरमा दुवैजना भेटघाट गरे । भेटघाटपछि सिटी सफारी फ्लाई ओभरमै राखेर उनीहरू कतै लागे ।

फर्किँदा वतर एक्लै आए र आफ्नो सिटी सफारीसहित काँकडभिट्टा जान लागेकै अवस्थामा एसएसबीका जवानले उनलाई नियन्त्रणमा लिएर सिटी सफारी चेकजाँच गरे । सफारी चेकजाँच गर्दा सफारीभित्र ७.६५ एमएमको सात राउन्ड गोलीसहित मेड इन युएस लेखिएको पेस्तोल फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

परेका नेपाली नागरिक वतरले एसएसबीलाई बयान दिँदै भने, ‘मलाई विजयले बोलाएर नियोजित रूपमा फसाएको हो, यसमा मेरो केही कसुर र गल्ती छैन।’ यता एसएसबीका अनुसार वतरले भारतबाट पेस्तोल लिएर नेपालमा कसैलाई बेच्न लागेको आशङ्का गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here