प्रेमिकासँग शारीरिक सम्पर्क राखिसकेर साथीलाई पनि सम्पर्क राख्न लगाएपछि…..

२८ श्रावण २०७६, मंगलवार मा प्रकाशित
  • प्रेम सुनार

गुल्मी , एक बालिका र अर्की किशोरीमाथि भएको सामुहिक बलात्कारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेका बेला पक्राउ परेका तीन युवामध्ये एकले आफुले प्रेमिका बनाईएकी किशोरीलाई शारीरिक सम्पर्क राखेपछि अर्को साथीलाई पनि शारीरिक सम्पर्क राख्न लगाएको खुलेको छ ।

गुल्मीको भनभने घर भएका १९ बर्षिय सुमन पन्थी, गाडी चालकहरु धुर्कोट गाउँपालिका ६ का २५ बर्षिय सुरज पन्थी र रेसुङ्गा नगरपालिका ४ सेउवाका ३२ बर्षिय ओमबहादुर खत्रीले एक १४ बर्षिया र अर्की १७ बर्षिया किशोरीलाई माया प्रेम गर्ने नाममा सामुहिक बलात्कार गरेको खुलेको हो ।

बलात्कारको अरोप लागेका पन्थी बाल अधिकारकर्मी समेत रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी दिपकुमार बस्नेतले बताएका छन् । उनले भने–‘ हामीले कल्पना नै गर्न नसक्ने बालअधिकारकर्मि पन्थी ती किशोरीलाई पटक पटक बलात्कार घटनामा संलग्न भएको पाईयो । ’

जिल्ला बाल सञ्जालका अध्यक्ष पन्थी र दुई जना ड्राईभर समेतले दुई किशोरीलाई तम्घास देखि माथी रेसुङ्गाको जंगल, हक्नेछहरा लगायतका स्थानमा लगेर जबरजस्ती करणी गरेको पाईयो ।

दिनैभर हराएका ती दुई किशोरीका बाबु आमाले खोजीका लागि प्रहरीमा जाहेरी दिए । त्यही क्रममा एउटा फोन आयो जुन उनै बाल सञ्जालका अध्यक्ष रहेको खुल्यो । त्यसपछि पक्राउ गरी जवरजस्ती करणी विरुद्धको मुद्धा चलाएका छौं’ –एसपी बस्नेतले भने ।

उनले थपे– ‘वालवालिकाको क्षेत्रमा हामीले उनी संग मिलेर थुप्रै काम समेत गर्दै आएका थियौं उनैबाट यस्तो घटना भएछ ।’ घटनाको प्रकृति हेर्दा प्रेम नभई बलात्कार नै देखिएको एसपी बस्नेतले बताएका छन् । स्थानीयका अनुसार पन्थी बिगत तीन बर्ष अघिबाट बालअधिकारको क्षेत्रमा काम गर्दै आएका छन् । उनी रेडियोमा बाल कार्यक्रम समेत चलाउँदै आएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here