१३ वर्षीया बालिका करणी आरोपमा पक्राऊ

२८ श्रावण २०७६, मंगलवार मा प्रकाशित

 

बिर्तामोड ,१३ वर्षीया बालिकालाई पटक – पटक जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरी स्थानीय गाउँलेले प्रहरीको जिम्मा लगाएका छन् ।

झापाको बुद्धशान्ति गाउँपालिकामा – २ घर भएकी एक बालिकालाई धनकुट्टको पात्लेखोला घर भई हाल सोही ठाउँमा ज्याला मजदुरी गर्दै आएका सन्तोष गुरुङलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् । गुरुङले बालिकालाई डरत्रास देखाएर विगत सात महिनादेखि पटक – पटक करणी गर्दै आएको आरोप छ ।

बालिकालाई करणी गर्ने क्रममा गुरुङ समेत घाइते भएका छन् । बालिकाले बलात्कारको प्रतिकार गर्दा खुकुरी प्रहार गरी गुरुङलाई घाइते बनाएको प्रहरीको भनाई छ ।

वालिकाकी आमा वैदेशिक रोजगारीमा रहेको र वुवा मजदुरी गर्दै आएको बताइन्छ । वालिकाका वुवा जन मजदुरीका लागि काममा गएपछि गुरुङले घरमै गएर वालिकालाई जवरजस्ती करणी गर्ने गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धुलावारीमा राखेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here