पाथीभरा मन्दिर सरसफाई

0
474

इलाम।

इलामको रोङ गाउँपालिका आर्थिक बिकास समितिका संयोजक एवम् वडा नम्बर ३ का अध्यक्ष मातृका बरालले सरसफाईले समाजको मूल्याङ्कन हुने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा सशक्तीकरण समूहले इलामको रोङ– ३ पाथीभरा मन्दिरमा आयोजना गरेको सरसफाई कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सरसफाईले मानिसको परिचय सँगसँगै आर्थिक बिकास समेत हुने भएकाले सरसफाईमा ध्यान दिन आग्रह गरे ।

यसअघि कुटीडाँडा बजारबाट शुरु भएको ¥यालीले कुटीडाँडा, हाँसपोखरी सिद्धदेबी हुँदै पाथीभरा मन्दिर परिक्रमा गरेको थियो । ¥यालीपछि पाथीभरा मन्दिर सरसफाई गरिएको थियो ।

मानब अधिकार मञ्च इलामको रोङ गाउँपालिका प्रतिनिधि सरस्वती खड्का स्थानीयबासी, बिद्यार्थी, स्काउट, शिक्षक, व्यापारी लगायतले सरसफाई कार्यक्रममा सहभागिता जनाएका थिए । युवा सशक्तिकरण समूह रोङ– ३ का अध्यक्ष डाइमण्ड तिम्सिनाको अध्यक्षतामा कार्यक्रम भएको समूहका सचिव दीपक अर्यालले जानकारी दिए ।

युवा सशक्तीकरण समूहले समाजमा उदाहरणीय काम गर्दै आएको छ । मानब अधिकार मञ्चको सहजीकरणमा रोङ गाउँपालिकाको छ वटै वडामा वडास्तरीय सशक्तीकरण समूह गठन भएको छ भने गाउँपालिका स्तरमा पनि सञ्जालको समिति बनेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here