इलाम।
इलामको रोङ गाउँपालिकामा सञ्चालन भएको कर शिविर तथा राजस्व संकलनमा ७१ जनाले सेवा लिएका छन् ।
करदाता सेवा कार्यालय इलामको आयोजना र गाउँपालिकाको समन्वयमा भएको शिविरबाट एक लाख ७० हजार दुई सय रुपैयाँ राजस्व समेत संकलन भएको छ । सेवा लिनेमध्ये १० वटा कर चुक्ता प्रमाणपत्र वितरण भएको थियो ।
त्यसैगरी छ जना व्यवसायीले स्थायी व्यवसाय पान नम्बर लिएका थिए ।
त्यसैगरी २० जनाले व्यक्तिगत पान नम्बर, ३३ जनाले आयकर विवरण दर्ता गराएका थिए भने दुईवटा अन्तशुल्क इजाजत लिएको टोलीका प्रमुख निमित्त कर अधिकृत प्रदुम्न न्यौपानेले बताए ।
छोटो समयको तयारीमा पनि यति धेरै सेवा दिन सकेकोमा रोङ गाउँपालिका आर्थिक बिकास समितिका संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष मात्रिका बरालले खुशी ब्यक्त गरेका छन् ।
आगामी दिनमा यस प्रकारको कार्यक्रम प्रत्येक वडास्तरसम्म पु¥याउन प्रयास गरिने वडाध्यक्ष बरालको भनाइ छ । शिविरमा वडा नम्बर २, ३ र ४ का व्यवसायी तथा उद्योगीहरुले सेवा लिएको जनाइएको छ ।






























