बिमा वापत मर्डीले पाए ४० हजार

२९ श्रावण २०७६, बुधबार मा प्रकाशित

सुरुङ्गा ।

कनकाई नगरपालिका–२ सुकेडाँगीका गंगा मर्डी सतारले दुर्घटना बिमा बापतको रकम प्राप्त गरेका छन् ।

नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर युनियन कनकाई नगर समितिको पहलमा मर्डीलाई बिमा वापतको ३९ हजार ६ सय ३८ प्रदान गरिएको थियो । अत्यन्तै गरिब परिवारका ४२ वर्षीय मर्डी विगत २० वर्षदेखि निर्माण मजदुरको रुपमा काम गर्दै आएका थिए । गत जेठ २४ गते कनकाई–४ इलुवाबारीमा घरनिर्माणका क्रममा दुर्घटनामा परी उनको बायाँ खुट्टाको साइँली औंला काटिएको थियो ।

हाल उनी स्वास्थ्य उपचारपछि काममा फर्केका छन् । नेपाल स्वतन्त्र जडान तथा मजदुर युनियनको कनकाई नगर समितिको कार्यालयमा उनलाई उक्त रकम सो युनियनका केन्द्रीय अध्यक्ष डिल्लीराम बाराकोटीले हस्तान्तरण गरेका थिए ।

सो मजदुर युनियनले सामूहिक दुर्घटना बिमा कम्पनी आईएमई जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेडमा आफ्नो युनियनमा आबद्ध २५ जना मजदुरको बिमा गरे वापत औषधि खर्चका लागि प्राप्त रकम उपलब्ध गराएको हो । सो युनियनमा ३ सय बढी जडान तथा निर्माण मजदुर आबद्ध भए पनि २५ जनाले मात्र नियमित रुपमा प्रिमियम तिर्दै आएका छन् ।

रकम प्राप्त गरेपछि मर्डीले सबै मजदुर साथीहरुलाई युनियनको बिमा कार्यक्रममा आबद्ध हुन आग्रह गरेका छन् । कार्यक्रम युनियनका नगर अध्यक्ष केशर न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो । सो कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष मानबहादुर पौडेल, झापा जिल्ला अध्यक्ष सचिन लामा, नगर उपाध्यक्ष धनबहादुर बोगटी, सचिव तुलाराम बस्नेत (टीका), निर्माण ठेकेदार दीर्घकुमार अधिकारी, निर्माण मजदुर विवेक मर्डी लगायतको आतिथ्य रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here