सप्तरीमा आगलागी, चार घर जलेर नष्ट

0
650

राजविराज, 

सप्तरीको दक्षिणी भेगमा रहेको तिलाठी कोइलाडी गाउँपालिकास्थित सकरपुरामा आज दिउँसो आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।

तिलाठी कोइलाडी–२ सकरपुराका महनथी मुख्याको घरमा आगलागी हँुदा निजका तीन घर जलेका छन् भने देवीलाल मुख्याको एउटा घर जलेर नष्ट भएको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिनुभयो ।

आगलागीबाट घरभित्र रहेको खाद्यान्न, अन्नपात, भाडाकुँडा, लत्ताकपडा, टेबल, कुर्सी तथा फर्निचरलगायत नगद जिन्सी गरी करीब रु दश लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

खाना पकाउने क्रममा आगलागी भएको थियो । आगोलाई स्थानीयवासी हनुमाननगरबाट गएको बरुणयन्त्र तथा सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको गाउँपालिका अध्यक्ष सिंहले जानकारी दिनुभयो । यसैबीच आगलागी भएको ठाउँमा तत्काल राहत पु¥याउने कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here