
अहिले सामसङले नयाँ नयाँ ब्रान्डका स्मार्टफोन बजारमा ल्याएको छ । यसैक्रममा दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले नयाँ मोडलको स्मार्टफोन बजारमा ल्याएको छ । अगष्ट २३ देखि एकैपटक उपलब्ध हुने गरी दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले नोट टेन बजारमा ल्याएको हो । यसको बुकिङ नेपालमा पनि खुलेको छ ।
यो स्मार्टफोन नेपालबाटै अनलाइन तथा सामसङको स्टोरबाट पनि बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नोट टेन र टेन प्लस गरी दुई भेरियन्टका स्मार्टफोन किन्नको लागी बुकिङ गर्न सकिने जनाएको छ । नोट टेन नोटटेनमा ६।४ इन्चको डिस्प्ले र ९० प्रतिशत स्क्रिन रहेको छ ।
यसमा प्राइमेरी १२,टेलीफोटो १२ र अल्ट्रावाइड एंगलका लागि १६ मेगापिक्सेलको लेन्स रहेको छ। भने सेल्फी खिच्ने क्यामेरा १० मेगापिक्सेलको रहेको छ । यसमा फोटाका लागि पनि धेरै सुबिधाहरु छन् । यसमा १० जिबी र्याम, स्टोरेज २५६ जिबी र ३५०० एमएएचको ब्याट्री क्षमता रहेको छ । यसको मुल्य नेपाली बजारमा १ लाख १६ हजार रहेको छ ।































