भद्रपुर ।
२६ वर्षपछि लागू औषध मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा जिल्ला मेचीनगर नगरपालिका २ बस्ने ५४ वर्षीय टङ्क खनाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार झापा जिल्ला अदालतले लागू औषध मुद्दाका खनाललाई २०५४ साल मङ्सिर २९ गते एक वर्ष कैद सजाय तोकेर फैसला सुनाएका थिए । अदालतका फैसला अनुसार पक्राउ परेका खनाललार्इ झापा कारागार चलान गरिसकेको जनाइएको छ ।































