अब अमेरिकन प्रविधिको उपचार झापामै

0
1054

बिर्तामोड, झापाको बिर्तामोडमा निर्माण शुरु गरिएको पूर्वाञ्चल क्यान्सर अस्पताल आगामी पुस महिनाबाट सञ्चालनमा आउने भएको छ ।
चार अर्व रुपैयाँको लगानीमा डेढबर्ष अघिबाट निर्माण थालिएको अस्पतालको निर्माणकार्य अन्तिम चरणमा पुगेको र आवश्यक उपकरण ल्याउन सुरु गरेको अस्पताल सञ्चालक दुर्गा प्रसाईले बताउनुभयो । विएण्डसी अस्पतालका समेत कार्यकारी निर्देशक रहनु भएका प्रसाईले भन्नुभयो– ‘ यो अस्पताल तीन सय शैयाको हुन्छ , पहिलो चरणमा एक सय शैयाबाट अस्पतालको सेवा शुरु गरिन्छ, जसका लागि आवश्यक उपकरण भित्रन थालेको छ ।’
अस्पताल परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै डेढ अर्व रुपैयाँको लगानीमा क्यान्सरको उपचारका लागि चाहिने आवश्यक उपकरण भित्र्याइएको अस्पताल सञ्चालक प्रसाईले बताउनुभयो । उहाँका अनुसार अस्पतालले रेडिएसनका लागि आवश्यक उपकरण,पेट सीटी स्क्यान,गाभा क्यामेरा, क्याथल्याव, व्रेन ल्याव लगात १० प्रकारको सामग्री अमेरिकाबाट ल्याइएको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आएसंगै अमेरिकन प्रविधिको उपचार झापामै हुने प्रसाईको दावी छ ।
अति विशिष्ट उपकरणको सहायताले अस्पतालले नेपालमै पहिलो पटक क्यान्सरका विरामीलाई सहजरुपमा सेवा दिने पूर्वाञ्चल क्यान्सर अस्पतालका डा विरेन्द्रकुमार यादवको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here