विप्लव कार्यकर्ताद्वारा वडाध्यक्षलाई मोसो र चप्पलको माला

0
1032

पर्वत ।

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट ुनेकपाुले म्याग्दीका एक वडाध्यक्षलाई मोसो दलेर चप्पलको माला लगाएको छ।

बिहीबार बिहान ९ बजेको समयमा वडा कार्यालयमा बसिरहेका बेनी नगरपालिका २ ज्यामरुककोटका वडाध्यक्ष हिराबहादुर थापालाई उक्त समूहले मोसो दलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए।

‘घटनास्थलमा डायरीको पानामा कारबाही स्वरूप यो काम गरेको बताउँदै आफ्नै समूहको नाम उल्लेख गरेको छ’ उनले भने, ‘उनीहरूको खोजीको लागि म आफैँ पनि खटिएको छु। म सहितको टोली अहिले कालो मोसो दलिएको वडा कार्यालय ज्यामरुक कोटमा नै छौँ।’

यसैबीच, वडाध्यक्ष थापालाई नियन्त्रणमा लिएर गरिएको व्यवहार अमानवीय भएको भन्दै नेकपा म्याग्दीले घट्नाको घोर भर्त्सना गरेको छ। नेकपाका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठले जनताको मतद्वारा निर्वाचित भएर जनताकै सेवामा खटिएका बेला यस्तो हस्तक्षेप गर्नु अमानवीय भएको भन्दै त्यसको निन्दा गरिएको बताए।

वडाध्यक्ष थापाले वडा कार्यालयमा काम गरिरहेको समयमा विप्लवका केही कार्यकर्ताहरू आएर जबरजस्ती मोसो दलेर भागेको नेकपाका नेताहरूले बताएका छन्।–थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here