११ बुँदे उदयपुर घोषणा पत्र जारी गर्दै फोनिजको महाधिवेशन सम्पन्न

३१ श्रावण २०७६, शुक्रबार मा प्रकाशित

अर्जुनधारा ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को प्रथम महाधिवेशनबाट अर्जुन जम्नेली राईको अध्यक्षतामा २१ सदस्यीय प्रादेशिक समिति सर्वसम्मत गठन भएको छ ।

फोनिजको शुक्रबार सम्पन्न महाधिवेशनको बन्दसत्रले राईको अध्यक्षतामा उक्त समिति सर्वसम्मत गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षद्धयमा भूमिका सुब्बा र फिपराज वेघा, महासचिवमा विदुर खवास, संगठन सचिवमा सन्देश सुब्बा र संस्थागत सचिवमा अप्सरा समाल मगर र कोषाध्यक्षमा सुसन राई चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरुमा अतित योङहाङ, चन्द्रकुमार राई, टकलाल राई, नविन गुरुङ, प्रदिपकुमार चौधरी, प्रेम देवान, प्रेमबहादुर पापो, भाष्कर चौधरी, महेन्द्र मादेन, मानवी तामाङ, राजन साम्पाङ, विजय धिमाल, विनादेवी तामाङ र साहारा लिम्बू चयन भएका छन् ।

त्यस्तै घनेन्द्र केरुङको संयोजकत्वमा खगेन्द्रकुमार राई र ज्ञानू केदेम लिम्बू सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन भएको छ । प्रदेश नम्बर १का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको महाधिवेशनले ११ बुँदे उदयपुर घोषणा पत्र जारी गरेको छ ।

जारी गरिएको घोषणा पत्रमा फोनिजले उठाएको समावेशी सञ्चार नीति प्रदेश सरकार र स्थानीय तहहरुबाट लागू गर्नुपर्ने, श्रमजीवि पत्रकार ऐन् तत्काल कार्यान्वयन गर्नुपर्ने, प्रदेश सरकार र स्थानीय तहहरुले बजेट निर्माण गर्दा आदिवासी जनजाति लक्षित कार्यक्रमहरु अनिवार्य समावेश गर्नुपर्ने, वर्तमान सरकारले पेश गरेको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रा विरोधी भएकाले सरोकारवालाहरुसँग आवश्यक छलफल गरेर मात्र पेश गर्नुपर्ने, प्रदेश नम्बर १को नामांकन ऐतिहासिक पहिचानको आधारमा किरात–लिम्बुवान–खम्बुवान घोषणा गर्नुपर्नेलगायत उल्लेख गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here