१२ हजार बढी मानव अधिकार उल्लङ्घनका घटना

0
749

 

बिर्तामोड, राष्ट्रिय मानवअधिकार आयोगमा मानव अधिकार उल्लङ्घनका १२ हजार बढी उजुरी परेका छन् ।

जसमध्ये चार हजार उजुरीको फच्छ्यौट हुन बाँकी रहेको राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक डा. टिकाराम पोखरेलले बउनुभयो । उहाँले भन्नुभयो – आर्थिक वर्ष २०७६÷०७७ लाई मानव अधिकार आयोगले अनुसन्धानको वर्षको रुपमा लिएको छ । एक वर्ष भित्र सबै उजुरीको अनुसन्धान सक्ने छौं ।’

मानव अधिकार उल्लङ्घन सम्वन्धि परेका उजुरी मध्ये सरकारले १२ दशमलव ५ प्रतिशत सत प्रतिशत कार्यान्वयन, ३८ प्रतिशत उजुरी आंशिक कार्यान्वयन गरेपनि अन्य उजुरीका सम्वन्धमा भने सरकारले वेवास्ता गरेको आयोगका उपनिर्देश श्यामवावु काफ्लेले बताउनुभयो । आयोगले मानव अधिकार उल्लङ्घनका घटनामा छानविन गरेर दोषीलाई कारवाही गर्न सिफारिस गरेपनि सरकारले कार्यान्वयन नगर्नु दुखद् पक्ष भएको बताउनुभयो । उहाँले अभिव्यक्ति स्वतन्त्रताका विषयमा वर्तमान सरकारले अंकुश लगाउन खोजेको मिडिया विधेयक ल्याएर मिडियालाई नियन्त्रण गर्न खोजेको साथै मानव अिधकार आयोगलाई समेत सरकारले कुण्ठित गर्ने मनासयले विधेयक ल्याएको भन्दै उक्त विधेयकहरु मनव अधिकार मैत्री नभएको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक र सामाजिक अधिकारका विषयमा पनि ध्यान दिएको उपनिर्देशक काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो – ‘राजनीति एजेण्डा बोकेको विप्लव समूहलाई प्रतिवन्ध लगाउनु मानव अधिकारमैत्री छैन ।’

शनिवार झापाको बिर्तामोडमा मानव अधिकार र पत्रकारिता सम्वन्धि अभिमुखीकरण कार्यक्रममा मानव अधिकार र पत्रकारिता दुवै एकै ध्रुवबाट अगाडि बढ्नुपर्नेमा आयोगका पदाधिकारीहरुले जोड दिएका थिए ।

मानव अधिकार सम्वन्धि ४१ वटा सन्धीहरुमा नेपालले हस्ताक्षर गरेको भन्दै मानवअधिकार रक्षाका लागि सरकार अझ जिम्वेवार हुनुपर्ने आयोगका निर्देशक डा पोखरेलले बताउनुभयो । कार्यक्रममा उप निर्देशक काफ्लेले मानव अधिकार र राज्यको दायित्व मानव अधिकारमैत्री पत्रकारिता,मानव अधिकार उल्लङ्घन रअपराध लगायतका विभिन्न विषयमा सहजीकरण गरेका थिए ।

लोचनशर्मा नेपालले स्वगत गरेको कार्यक्रमको संचालन आयोगका प्रदेश १ प्रमुख मोहन जोशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here