प्रहरीलाई लाइन मिलाउन गएका तीन व्यापारी पक्राउ

0
474

झापा।

प्रहरीलाई नै आर्थिक प्रलोभनमा पार्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बारा प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका–५ बस्ने ४५ वर्षीय शम्भुप्रसाद साह, सोही गाउँपालिका–६का २६ वर्षीय मुरारी कुशवाहा र कलैया उपमहानगरपालिका–१६का २४ वर्षीय छोटेलाल पटेल छन् ।

शनिबार दिउँसो करिब २ बजेको समयमा जिल्ला बारा विश्रामपुर गाउँपालिका–१ छतवामा सीमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी गस्ती टोलीलाई उनीहरूले आर्थिक प्रलोभनमा पार्ने प्रयास गरेका थिए ।

‘भारतबाट चोरी पैठारी गरी नेपालको विभिन्न ठाउँमा ओसारपसार गर्ने काम गर्छौं, मासिक रुपमा तपाईहरुलाई लाइन मिलाउन आएको भनी पैसा निकाली गस्तीमा खटिएका प्रहरी टोलीलाई उनीहरुले २६ हजार रुपैयाँ दिन खोजेका थिए ।

प्रहरीले जवाफमा ‘हामी लिन्नौं, तपाइँहरू फर्किनु होस्, हामी तस्करी गर्न दिन्नौं’ भनेका थिए । तर उनीहरूले अपशब्द प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here