बिप्लबका कार्यकर्ता – अदालत छाड्ने ,प्रहरी समात्ने

१ भाद्र २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड, नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका पाँच नेता तथा कार्यकर्तालाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ ।
गत चैत २८ गतेको मन्त्रिपरिषदको वैठकले विप्लव समूहलाई प्रतिवन्ध लगाएसंगै झापा प्रहरीले धमाधम विप्लवमा नेता तथा कार्यत्रकर्ता पक्राउ गर्न शरु गरेको हो । प्रहरीले शनिवार राति पक्राउ गरेका विप्लव समूहका नेता तथा कार्यकर्ताको नाम भने सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले पक्राउ परेका पाँचै जना विप्लव समूहका उच्चस्तरीय नेता भएको बताउनुभएको छ । अनुसन्धानमा असर पर्ने भन्दै उहाँले उनीहरुको नाम र पद भन्न नमिल्ने बताउनुभयो । स्रोत भन्छ पक्राउ पर्नेमा विप्लव समूहका विद्यार्थी संगठन मेचीका इञ्चार्ज , पाँचथर र ताप्लेजुङ इन्चार्ज रहेका छन् ।
यस अघि प्रहरीले झापाबाट विप्लवका १७ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेपछि अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी पुनः अदालत पेस गर्ने गरेको छ । अदालतले कुनै सवुत प्राप्त नभएको भन्दै विप्लवका नेता तथा कार्यकर्तालाई छोड्ने गरेपनि अन्य विभिन्न अभियोगमा अर्काे जिल्लामा पठाउँदै आएको खुलेको छ ।
अदालत भित्र कसैलाई पनि पक्राउ गर्न नपाउने भएपछि प्रहरी अदालतको गेटमा नै विप्लवका कार्यकर्ता पक्राउ गर्न ढुकेर बस्ने गरेको विप्लवका नेता तथा कार्यकर्ताले गुनासो गरेका छन् । उनीहरु भन्छन्– प्रहरीले पक्राउ गर्छ , अभियोग पुष्टि हुँदैन अदालतले छाड्छ तर प्रहरीले दु?ख दिन छाड्दैन ।
एक ठाउँमा पक्राउ गरेका कार्यकर्तालाई १ नम्वर प्रदेशका सवै जसो जिल्लामा पु¥याउने गरेको उनीहरुको गुनासो छ । पक्राउ परेका कार्यकर्तालाई प्रहरीले यातना समेत दिने गरेको बताइएको छ ।
उनीहरुलाई प्रहरीले चरम यातना दिएर सो समूहको कुनै पनि जिम्मेवारीमा नरहने भन्दै विज्ञप्ति निकाल्न लगाएपनि प्रहरीले आत्म समपर्ण गरेको कागजातमा सही छाप गर्न लगाएर छाड्ने गरेको खुलेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here