झापामा गाँजा सहित एक पक्राउ

१ भाद्र २०७६, आईतवार मा प्रकाशित

शिवसताक्षी ।

प्रहरीले लागु औषध बिरुद्ध स्थानीय युवाको अभियानलाई साथ दिएपछी जिल्लाको शिवसताक्षीबाट धमाधम त्यसका कारोवारी पक्राउ पर्न थालेका छन ।

शिवसताक्षी नगरपालिका ११ दुधेबाट १२ किलो ग्राम परिमाणको गाँजा सहित ३ जना पक्राउ परेको तीन दिन पछी आईतवार दोमुखाबाट पुन १ जना २ किलो ७ सय ग्राम गाँजा सहित पक्राउ परेका छन । ईलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी नायव निरिक्षक डम्वर आचार्यको टोलीले ५४ वर्षीय तीर्थलाल दाहाललाई उनकै घर दोमुखाबाट गाँजा सहित पक्राउ गरको हो ।

पक्राउ परेका दाहाल २ वर्ष अघिपनी गाँजा विक्रि गरेको आरोपमा पक्राउ परेका थिए । झापा जिल्ला अदालतवाट धरौटीमा छुटेका दाहालले पुन दोमुखा क्षेत्रमा स्थानीय युवा युवतीलाई गाँजा वेचेर व्यवसाय चलाउदै आएको प्रहरी श्रोतबाट खुल्न आएको छ ।

प्रहरीले गाँजा लगायत लागु औषधको विरुद्धमा अभियानै संचालन गर्न थालेपछी गाँउ गाँउबाट लागु औषध सेवन कर्ता, त्यसका कारोवारी र गाँजा बरामद हुन थालेको प्रहरीले जनाएको छ । पक्राउ परेका दाहाललाई अनुसन्धानका लागि ईप्रका झिलझिलेमा अनुन्धानका लागि राखिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here