बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाइयो

0
941

काठमाडौं,

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई पाँच/छ महिला मिलेर मानव मलमूत्र खुवाएका छन्।

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार भङ्गाहा नपा–४ विर्ता गाउँ बस्ने ३५ वर्षीया महिलालाई सवितादेवी, पोशिला दनुवार, ईन्दुदेवी सिंह दनुवार, सुकेश्वरीदेवी र राजेश्री दनुवारलगायतले बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएका थिए।

सो घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुग्दा उनको शरीरबाट दिशाको गन्ध आइरहेको पाइएकाले उद्धार गरी उपचारका लागि अस्तपताल पठाएको थियो।

घटनामा संलग्न रहेकामध्ये सुकेश्वरीदेवी र राजेश्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लगिएको छ भने अन्य महिलाको खोजि कार्य भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here