भारतीय थुनुवा फरार प्रकरण : प्रहरी जवान निलम्बन

0
918

भद्रपुर, इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतबाटै दुई भारतीय थुनुवा फरार भएको घटनापछि प्रहरी कार्यालय झापाले एक प्रहरीजवानलाई निलम्बन गरी अनुसन्धान जारी राखेको छ ।

घटनाको अनुसन्धानपछि इलाका प्रहरी कार्यालय धुलाबारीमा कार्यरत प्रहरी जवान विजय विश्वकर्मालाई निलम्बन गरिएको प्रहरी कार्यालयझापाका प्रहरी नायव उपरीक्षक (डिएपसी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरी हिरासतबाटै दुई भारतीय थुनुवा फरार भएको बेला प्रहरी जवान विश्वकर्मा गेट डियुटीमा खटिएका थिए । ‘उनले फितलो सुरक्षा दिँदा भारतीयथुनुवा फरार भएकोले उनलाई तत्कालका लागि निलम्बन गरी प्रहरी सङ्गठनको नियम अनुसार कारबाही प्रक्रिया अघि बढाइसकेका छौ’, डिएसपीश्रेष्ठले भने । त्यस्तै थुनुवा फरार प्रकरणमा इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीसहित एक जना प्रहरी नायवनिरीक्षक, एक जना प्रहरी सहायक निरीक्षक, तीन जना हवलदार र दुई जना प्रहरी जवानमाथि अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए ।‘थुनुवा फरार घटनामा दोषी देखिएका प्रहरीमाथि कारबाही हुन्छ’, उनले भने, “जिम्मेवारी दिएका प्रहरी इन्चार्जकै कार्यालयबाट थुनुवा फरार भएकोछ, यस बारेमा छानबिन समितिले अनुसन्धान गर्दैछ, अनुसन्धान सकिएपछि कसलाई के कारबाही हुन्छ, त्यसपछि भन्ने छौ ।,”

यता पश्चिम बङ्गालको दार्जिलिङ जिल्ला अल्छिया बस्ने २६ वर्षीय गणेश कामती र सोही स्थान बस्ने २९ वर्षीय कृष्ण मण्डल हिरासत भित्रैबाटफरार भएको भोलि पल्टै एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी कार्यालय झापाले छुट्टाछुट्टै छानबिन समिति गठन गरी अनुसन्धानथालेको हो । प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीका अनुसार थुनुवा फरारको विषयमा छानबिन समिति अनुसन्धानगरिरहेको छ । ‘अनुसन्धान पश्चात् दोषी देखिएका प्रहरी कर्मचारीलाई कारबाही हुन्छ, यसमा ढुक्क हुनुहोस्’, उनले थपे ।

प्रदेश प्रहरी कार्यालय विराटनगर प्रहरी उपरीक्षक रमेश बस्नेतको नेतृत्वमा तीन सदस्य र प्रहरी कार्यालय झापाले प्रहरी नायव उपरीक्षकमहेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेका थिए ।

चोरी घटनामा पक्राउ परेका दुई भारतीय थुनुवालाई अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालय झापाबाट म्याद थप भइसकेको जनाइएको छ ।चोरी घटनामा पक्राउ परेपनि चोरी मुद्दामा किटानी जाहेरी दिन कोही नआएपछि प्रहरीले दुवै जनामाथि अभद्र व्यवहारमा मुद्दा दर्ता गराएको हो । फरार भएका भारतीय थुनुवा अझै फेला नपरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here