१० किलो सुनसहित तीन जना पक्राउ

0
612

 

भद्रपुर(झापा), झापाको काँकडभिट्टा नाकादेखि २८ किलोमिटर पूर्वमा पर्ने छिमेकी राष्ट्र भारतको पश्चिम बङ्गालको दार्जिलिङ जिल्लास्थितसिलगुढीबाट १० किलो सुनसहित तीन जना पक्राउ परेका छन् ।

केन्द्रीय राजश्व गुप्तचर विभागको टोलीले सोमबार दिउँसो उनीहरूलाई १० किलोसुनसहित सिलगुढ़ीको गुवालटोल मोडबाट पक्राउ गरिएकोभारतीय सञ्चारमाध्यमले जनाएको छ । पक्राउ पर्नेमा भारतको मिजोरम बस्ने २४ वर्षीया जमुना किमा, २० वर्षीय एस रुआल सागपुइआ र ३५वर्षीय लाल नेइहलिआ रहेको भारतीय गुप्तचर विभागले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई सोमबार सिलगुढी अदालत पेस गरिसकेकोजनाइएको छ ।

भारत र म्यानमार सीमावर्ती नाकाबाट भित्राइएको उक्त परिणामको सुन तस्कर समूहले कलकत्ता लैजाने तयारीमा रहेको खुलेको छ ।मिजोरमबाट आएका उनीहरूले १६६ ग्रामको ६० वटा सुनको बिस्कुट गाडीमा हालेर लैजाने क्रममा सूचनाको आधारमा पक्राउ परेको हो । सुनकोभारतीय बजार मूल्य ३ करोड ८७ लाख रुपैयाँ रहेको जनाइएको छ ।

तेस्रो मुलुकबाट ल्याइएको सुन नेपालबाट भारत लैजाने सुन तस्करका गिरोहमाथि सरकारले निगरानी बढाएपछि उनीहरूले म्यानमारको बाटोबाटभारतमा सुन भित्राइरहेका छन् ।

सिलगुढीमा यसअघि पनि पटक पटक ठुलो परिणाममा सुन बरामद भइसकेको छ । यता सिलगुढी सम्म ल्याएको पुर्याएका सुन भारतसहितनेपालका सीमावर्ती बजार सम्म पनि तस्कर समूहले पठाउने सक्ने भारतीय प्रहरीको आशङ्का छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here