लाइफलाइन अस्पतालका नर्स आन्दोलित

0
698

दमक, पेशागत हकहित लगायतका विभिन्न मागहरु राख्दै झापा ,दमकस्थित लाइफलाइन अस्पतालका नर्सहरु आन्दोलित भएका छन् ।
आइतबारदेखि अस्पतालमा कार्यरत एक सय बढी नर्सहरु विभिन्न सेवा,सुविधाहरु माग राख्दै आन्दोलित भएका हुन् । कार्यरत नर्सहरु आन्दोलित भएपछि अस्पतालको नियमित सेवामा प्रभावित हुन पुगेको छ ।

उनीहरुले काम छोडेर माग पूराउन आन्दोलनमा उत्रिएका छन् । आइतबार आन्दोलित नर्सहरुले आफना मागका बारेमा अस्पताल प्रशासनलाई लिखीत ज्ञापनपत्र बुझाएका थिए । आन्दोलनका कार्यक्रम अन्तर्गत आज नर्सहरुले अस्पताल परिषरमा विहान विभिन्न प्लेकार्ड बोकेर नारावाजी गरि प्रर्दशनमा उत्रिएका थिए ।

गठित संघर्ष समितिकी संयोजक मेलिना सुब्बाले नर्सहरुका माग पूरा गराउन दवावमूलक संघर्षका कार्यक्रम शुरु गरिएको वताइन् । माग सुनुवाई नभएसम्म काममा नफर्किने संयोजक सुव्वाले चेतावनी दिईन् । उनले भनिन्,–‘ नर्सहरुका आधारभूत सेवा,सुविधा सम्बोधन नभएसम्म आन्दोलन रोकिन्न् ।’ आन्दनोलनमा उत्रिएका नर्सहरुले सुब्बाको संयोजकत्वमा एक संघर्ष समिति गठन गरेका छन् ।

आन्दोलनमा उत्रिएका नर्सहरुले अस्पताल प्रशासनले करारमुक्त गरिएका सम्पूर्ण नर्सहरुलाई पूर्नावहाली हुनुपर्ने ,तलव बृद्धि गर्नुपर्ने , आर्थिक शोषण बन्द गर्नुपर्ने,सवै कर्मचारी ससम्मान व्यवहार गर्न ,पद अनुसार कामको व्यवस्था गर्न माग अघि सारेका छन् । अस्पतालका अधिकांस नर्सहरुले न्यून ज्यालामा काम गरिआएका छन् । https://www.hamrodamak.com/2018/12/39975/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here