हम्मर प्रहार गरी हत्या

0
1310

सुरुङ्गा,झापाको मेचीनगरमा फलामको हम्मर प्रहार गरी एक व्यक्तिको हत्या भएको छ ।
मेचीनगर– ९ कृषि फारम बस्ती घर भएका तेजवहादुर लिम्बूले मादक पदार्थ सेवन गरी सोही ठाउँका ६५ वर्षीय प्रेम लोकान्द्रीलाई हम्मर प्रहार गरी हत्या गरेका हुन् । गत साउन ३१ गते हम्मर प्रहाराबाट गम्भीर घाइते भएका लोकान्द्रीको आज उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार लिम्बूले लोकान्द्रीलाई टाउकोमा हम्मर प्रहार गरेका थिए । लिम्बूले प्रहार गरेको हम्मरले लागेर गम्भीर घाइते भएका लोकान्द्रीको उपचारकै क्रममा बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा मृत्यु भएको हो ।
हत्यामा सम्लग्न लिम्बूलाई इलाका प्रहरी कार्यालय धुलावारीले नियन्त्रणमा लिएको बताइएको छ ।–––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here