सुरुड्डा क्याम्पसमा अंग्रेजी माध्यम

0
752

सुरुङ्गा ।

कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा यस शैक्षिक सत्रदेखि पूर्ण अंग्रेजी माध्यममा स्नातक तहका कक्षाहरु सञ्चालन गरिने भएको छ ।

आइतबार क्याम्पसमा आयोजित बिद्यार्थी भर्ना सम्बन्धी अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा सो सम्बन्धी जानकारी दिइएको हो । क्याम्पसमा स्नातक तहका मानविकी, शिक्षा तथा व्यवस्थापन संकायमा नेपाली माध्यमका अलावा अंग्रेजी माध्यममा पनि पठनपाठन गरिने भएको हो । सो कार्यक्रममा सञ्चालक समिति, लेखा समिति, क्याम्पस प्रशासन, प्राध्यापक, विद्यार्थीको सहभागिता रहेको थियो ।

सामुदायिक क्याम्पसको रुपमा २०४७ सालमा स्थापित उक्त क्याम्पसले हाल यातायातको समेत सुविधा थप गरेको छ भने भर्ना अभियानलाई सफल बनाउन सुरुङ्गाका सबै संघ–संस्थालाई ५÷५ जना, क्याम्पस सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुलाई २÷२ जना, प्राध्यापक तथा कर्मचारीलाई १÷१ जना, क्याम्पस सभाका सदस्यहरुलाई २÷२ जना, एक जनप्रतिनिधि १ जना, एक विद्यार्थी संगठन पाँच नयाँ बिद्यार्थीको दरमा नयाँ विद्यार्थीको खोजीमा लाग्न सबैलाई आग्रह गर्ने निर्णय गरिएको क्याम्पसले जनाएको छ । भर्ना सहजीकरणका लागि बनाइएको यो योजना कार्यान्वयनमा आउने हो भने स्नातक प्रथम वर्षमा ६ सय भन्दाबढी भर्ना हुने देखिन्छ ।

पत्रकार भेटघाटमा क्याम्पस प्रमुख विकासप्रसाद उप्रेतीले सम्पूर्ण क्याम्पसको टिम ‘हाम्रो क्याम्पस राम्रो कनकाई क्याम्पस’ बनाउने अभियानमा अघि बढिसकेको बताए । सहायक क्याम्पस प्रमुख शेरबहादुर बानियाँले बिगतका कमी कमजोरीलाई सच्यााउँदै अबका दिनमा क्याम्पसलाई समृद्धिको दिशातर्फ डो¥याउँदै नतिजा केन्द्रित नियमित पठनपाठन र गुणस्तरीय शिक्षामा जोड दिने बताए ।

उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य खगेश्वर उप्रेती, लेखा समिति सदस्य सागर ढुंगाना, अंग्रेजी विभागाध्यक्ष हरिप्रसाद तिम्सिना, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्याम्पस कमिटीका उपाध्यक्ष रवीन्द्र गुप्ता लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here