विराज पेन्ट्सको अन्तरक्रिया

0
1317

बिर्तामोड ।

बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागीले घरको प्राकृतिक र कलात्मक सजावटका लागि बिराज पेन्ट्स उपयोगी भएको बताएका छन् ।

बिराज पेन्ट्स प्रालि भरतपुर चितवनले बिर्तामोडमा आयोजना गरेको बिक्रेता तथा पेन्टरहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । बिराज पेन्ट्स प्रालिका सञ्चालक राजु ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा बिराज पेन्ट्स प्रालिले उत्पादन गर्दै आएका रंगहरुको बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा बिराज पेन्ट्स प्रालिका सञ्चालक दिपक ढुङ्गानाले बिराज पेन्ट्स प्रालिले बिराज सिमेन्ट प्राइमर, शिखर सिमेन्ट प्राइमर, बिराज डिस्टेम्पर, फेवा डिस्टेम्पर, बिराज गोल्ड कलर, ओईदर वारीअर, वालमाईन इनामेलहरु उड प्राइमर, मेटल प्राइमर लगायतका रंगहरु उत्पादन गर्दै आइरहेको बताए ।

उनले सजावटकर्ताका लागि कालो, सेतो र खैरो जस्ता तटस्थ रंगहरु सजावटको आधारभूत उपकरणहरु भएको बताउँदै यी रंगहरुमा लचिलोपनको गुण भएकाले प्राकृतिक सुन्दरताका लागि यस्ता रंगहरुको प्रयोग गर्न आग्रह गरे ।

त्यस्तै बिराज पेन्ट्स प्रालिका सञ्चालक राजु ढुङ्गानाले विराज पेन्ट्स प्राविधिक टीमको आधारमा साउथ एशियाको दशौं स्थानमा रहेको बताए । उनले पर्वहरुलाई ध्यानमा राखेर उपहार योजना ल्याएको बताउँदै पेन्टरहरुले १० हजार प्वाइन्ट पूरा गरेपछि एक लाख रुपैयाँको बिमा गरिने बताए ।

कार्यक्रममा गायक जीवी सुनुवार र गायिका सृजना पुन मगरले गीत प्रस्तुत गरेका थिए । बिराज पेन्ट्सको मेचीको लागि आधिकारिक बिक्रेता नेरोल्याक ट्रेडर्स का सञ्चालक मिलन शिवाकोटीले स्वागत गरेको कार्यक्रममा बिराज पेन्ट्सका सञ्चालकहरु जयराम ढुङ्गाना, दीपक ढुङ्गाना, जगनाथ भट्ट, विक्रेताहरु गोपाल सापकोटा, टोपेन्द्र राजवंशी, पेन्टर बालकृष्ण खतिवडा लगायतले रंगका उपयोगिताबारे बोलेका थिए ।

कार्यक्रमको सञ्चालन गायक जीवी सुनुवारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here