हिरासतमा सँगै रहेका बन्दीको कथा व्यथा सुनेर समय बिताइरहेका छन् रविले

0
390

चितवन।

आज रवि लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई आज जिल्ला अदालत चितवनमा पेश गरिँदैछ । जिल्ला अदालत चितवनले उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न दिएको म्याद सकिएको छ ।

यसैबिच सुरक्षा व्यवस्थालाई मध्य नजर गर्दै हेटौंडाबाट हजार प्रहरी झिकाइएको छ । आज उनीहरुलाई अदालत पेश गर्ने क्रममा हुन सक्ने अप्रिय घटनालाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

तीन जना अभियुक्त मध्ये युवराज कँडेल र अस्मिता कार्कीको बयान पूरा भएको भए पनि रविको बयान आंशिक रुपमा मात्रै सकिएको बताइएको छ । बयान नसकिएकै कारण पनि उनीहरुलाई थप अनुन्धानको लागि म्याद थप गरिने सम्भावना देखिएको छ ।

रविलाई अन्य ८–१० जना बन्दीसँगै राखिएको र उनीहरका कुरा सुनेर उनले समय बिताइरहेको बताइएको छ । त्यस्तै उनलाई भेट्न जानले ई पुस्तक लगिदिएको बताइएको छ । आज परिवारका सदय बाहेक अन्यलाई भेट्न दिइएको छैन ।चितवनमा आज पनि प्रदर्शन जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here