एकता युवा मञ्चको सामाजिक काम

0
947

शान्तिनगर ।

झापा बुद्धशान्ति गाउँपालिका–४ मा कार्यालय स्थापना गरी २०७२ सालमा स्थापित एकता युवा मञ्चले सामाजिक कामलाई निरन्तरता दिईरहेको छ । बुद्धशान्ति गाउँपालिकाको सवै भन्दा बढी युवालाई समेटेर स्थापित मञ्चले हालसम्म विभिन्न कार्यक्रम आयोजना गरी सामाजिक उत्तरदायित्व निर्भाह गरिरहेको छ ।

गत बर्ष मञ्चले सफा र सुन्दर बुद्धशान्ति गाउँपालिका बनाउन सन्देश दिदैं विभिन्न ठाउँमा सरसफाई कार्यक्रम आयोजना गर्नुका साथै मानिसहरुको बढी चाप हुने स्थानमा दुई दर्जन बढी डस्टविन राखेको थियो । यसवर्ष मञ्चले सामाजिक, राजनीतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा क्रियाशिल एक सस्था र दुई जनालाई सम्मान गरेको छ । यसका साथै दुई जना मृगौला पीडित र एक जना क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको मञ्चका संस्थापक अध्यक्ष राकेश सेर्मा लिम्बुले जानकारी दिए ।

उनका अनुसार मञ्चको सांस्कृतिक क्षेत्रमा उल्लेखनिय सहयोग र सद्भाव जनाउने नेपाल सुपारी खेती विकास संस्था र संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडा, बुद्धशान्ति–४ का सामाजिक ब्यत्तित्व राजु बाँनियालाई सम्मान पत्र सहित सम्मानित गरेको छ ।

त्यस्तै पूर्वको लुम्विनीको रुपमा परिचय बनाउँदैं गरेको निर्माणधिन पेनरु रेम्पुञ्चे गुम्वा टिमाईका अध्यक्ष भक्तबहादुर ग्लान (तामाङ) लाई पनि मञ्चले सम्मान गरेको छ । ग्लानले सम्मान कार्यक्रममा बोल्दै, निर्माणधिन गुम्वालाई स्थानीय, प्रदेश, केन्द्र र सम्पूर्ण नागरिकले सहयोग गर्न आग्रह गरे ।

त्यस्तै, झापा बुद्धशान्ति–४ की मृगौला पीडित मनिषा मगर र ६ नम्वर वडाकी दिलकुमारी दुलाललाई मञ्चले समान ५÷५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । त्यस्तै क्यान्सर पीडित वालक बुद्धशान्ति–४ का सोहन लिम्बूलाई पनि नगद ५ हजार रुपैयाँ सहयोग गरेको मञ्चका सचिव पुस्कर केसीले बताए । उक्त रकम मञ्चका संस्थापक अध्यक्ष राकेश सेर्माले बहराईनमा संकलन गरेको ९ हजार ९ सय र त्यसमा सेर्माले ५ हजार एक सय रुपैयाँ थप गरि आर्थिक सहयोग गरेको हो ।

प्रत्येक सम्मानित ब्यक्तित्व, मृगौला पीडित र क्यान्सर पीडितको घरमै पुगेर मञ्चले सम्मान र आर्थिक सहयोग गरेको हो । मञ्चका अध्यक्ष हर्क लिम्बूको अध्यक्षतामा आयोजित कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष सेर्मा, सचिव पुस्कर केसी, ज्ञानु सुब्बा, अनिल मगर, खेम श्रेष्ठ, पुथ्वी मगर, सन्तोष सेर्मा, राम मगर, मित्र साँवा लगायतको टोलीको सहभागिता रहेको थियो ।

सोही टोलीले निर्माण सम्पन्न भएको कृषि पर्यटन र कालोपत्रे योजनाको अनुगमन गरी सकारात्मक काममा सहयोग पु¥याउने बुद्धशान्ति गाउँपालिका परिवार र अध्यक्ष रमेशकुमार भुजेललाई धन्यवाद ज्ञापन गरेको छ । मञ्चको नयाँ कार्यसमिति केही दिनमा गठन हुने बताईएको छ । मञ्चले सदस्यता लिन बुद्धशान्ति भरीका युवाहरुमा आग्रह समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here