नेपालबाट यार्सा गुम्बा तस्करी,भारतमा तीन भुटानी पक्राउ

0
905

बिर्तामोड ।

नेपालबाट भारत हुदैं भुटानसम्म यार्सगुम्बा तस्करी हुने गरेको खुलासा भएको छ ।

भारतीय प्रहरी एसएसबी र वन कार्यालयको संयुक्त अनुगमनका क्रममा सोमबारराती ५ किलो यार्सा गुम्बा सहित तीन भुटानी नागरिक पक्राउ परेसंगै नेपालबाट भुटानसम्म यार्सागुम्बा तस्करी हुनेगरेको खुलेको हो ।

गोप्य सुचनाका आधारमा एसएसबीको ५३ बी बटालियन र हैमिल्टनगञ्ज रेञ्जर पोष्टलेसंयुक्त रुपमा छापा हानेर उक्त यार्सा गुम्बा फेला परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीले भारत–भूटान सीमावर्ती जयगांव शहरमा ५ किलो हिमालयन यार्सा गुम्बा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा भुटानको थिम्फूका छोटेन नामग्याल,दोर्जी कियांग केसबू र दोर्जी शामिल रहेका छन् ।

बरामद यार्सा गुम्बा करिब भारतीय रुपैंया एक करोड मूल्य बराबरको रहेको जनाइएको छ । यार्सा गुम्बा नेपालबाट भारत हुदैं भुटान लगायतका देशहरुमा तस्करी हुने गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यार्सा गुम्बा बहुमुल्य जडिबुट्टी हो । विभिन्न रोगको निवारणका लागि यार्सा गुम्बा प्रयोगमा आउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here