क्यालेण्डरमा अनियमितताको आशंका, रु.३०को पात्रो बुद्धशान्ति पुग्दा ८०को भयो

0
1048

बिर्तामोड।

वुद्धशान्ति गाउँपालिकाका कर्मचारीको मिलेमतोमा क्यालेण्डर (भित्तेपात्रो) छपाइमा अनियमितता भएको खुलेको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षका लागि तीन हजार क्यालेण्डर छापेको थियो । सो क्यालेण्ड चारआलीस्थित एक छापाखानामा छापिएको थियो ।

छापाखानाले प्रतिगोटा ३० रुपैयाँका दरले क्यालेन्डर छपाइ गरे पनि कर्मचारीले भने गाउँपालिका पु¥याउँदा त्यसको मूल्य ८० रुपैयाँ पु¥याएसँगै गाउँपालिकामा चरम अनियमितता हुने गरेको खुलेको हो । तर, यस विषयमा आफूलाई केही थाह नभएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताएका छन् ।

उनले आफूलाई कति क्यालेन्डर छापिएको हो सोको समेत जानकारी नभएको बताए । उनले भने– गाउँपालिकाले क्यालेन्डर छाप्ने निर्णय गरेको हो तर कति छापियो त्यो मलाई थाहा भएन । क्यालेन्डर छाप्ने जिम्मा लेखा र स्टोरले लिएका थिए– अध्यक्ष भुजेल भन्छन्– कति र कसरी छापिएको हो मलाई केही थाहा छैन ।

यसैबीच चारआलीमा रहेको एक छापाखानाका सञ्चालकले पूर्वाञ्चलकर्मीसँगको कुराकानीमा भने– बुद्धशान्ति गाउँपालिकाको क्यालेण्डर छाप्दा आफूले घाटा व्यहोरे पनि पनि बिल उनीहरुले मागे अनुसारकै दिएको छु । अरु–अरु पनि काम पाउने आशा थियो, छपाइको सबै काम मलाई दिने भने पनि कर्मचारीले आफू अनुकूल मात्रै गर्दा रहेछन् । त्यसपछि एउटा पनि काम दिएनन्– छापाखाना सञ्चालकले भने ।

यसैबीच गाउँपालिकाका लेखा अधिकृत अनिल घिमिरेले क्यालेन्डर छपाइमा गाउँपालिकाले २ लाख ४० हजार रुपैयाँ खर्च गरेको बताएका छन् । उनले भने– गाउँपालिकाले प्रति क्यालेन्डर ८० रुपैयाँ लगानी गरेको छ । तीन हजार क्यालेन्डर छापिएको हो ।’

२ लाख ४० हजार रुपैयाँको क्यालेन्डर छापिए पनि छापाखानाले ९० हजार रुपैयाँ मात्रै पाएको छ । कर्मचारीको मिलेमतोमा स–सानो कुरामा गाउँपालिकाभित्र चरम भ्रष्टाचार हुँदा समेत बुद्धशान्ति गाउँपालिका बेखबर छ । आफ्नै गाउँपालिकाले छापेको क्यालेन्डरको विषयमा जानकारी नराख्नुले अध्यक्षको समेत मिलेमतो भएको हुन सक्ने बताइएको छ ।

यता गाउँपालिकाले छापाखाना सञ्चालकलाई दुई लाख ४० हजार रुपैयाँको एकाउन्ट पेई चेक प्रदान गरेपनि चेक साटिएपछि १ लाख ५० हजार रुपैयाँ कर्मचारीले नै लगेको श्रोतले जनाएको छ । ९० हजार रुपैयाँको क्यालेण्डर छाप्दा गाउँपालिकामा एक लाख ५० हजार रुपैयाँ भ्रष्टाचार भएको विषयमा गाउँपालिकाका कार्यकारी अधिकृत धनञ्जयकुमार साहले त्यसमा आफ्नो कुनै मिलेमतो नभएको बताएका छन् । क्यालेन्डर छपाइमा गाउँपालिकाले सबै काजगात मिलाएको उनको भनाइ छ ।

यता गाउँपालिकाले अहिलेसम्म पनि आर्थिक वर्ष २०७६÷०७७का लागि बजेट सार्वजनिक गर्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here