नेवा देय दवू अर्जुनधाराद्धारा लाखे नाच

0
641

अर्जुनधारा ।

सांस्कृतिक पर्व गाईजात्राको अवसरमा नेवा देय दवू अर्जुनधारा नगर समितिले नगरको विभिन्न वडाहरुमा परम्परागत लाखे नाचको आयोजना गरेको छ ।

नगरस्तरिय कार्यक्रमकोरुपमा जनैपूर्णिमादेखि शुरु भएको उक्त नाच विहिबारदेखि हाल अर्जुनधारा–१, २ र ३ नम्बर वडा(साविक खुदुनावारी गाँउ विकास समिति)मा सञ्चालन गरिने समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले बताए ।

स्थानीय जय श्रेष्ठको घरबाट शुरु भएको नाच नेवार सामुदायको बाहुल्य भएको स्थान, सामुदायिक वन, सामुदायिक विद्यालय, आइतबारे बजार, खुदुनावारी चौकमा सञ्चालनसँगै संस्कृतीको विषयमा जानकारी गराइने कार्यक्रम रहेको समितिका सल्लाहकार लोकमान श्रेष्ठले बताए ।

नाचमा लाखेको मुकुन्डो पहिरिएको दुई जना लाखेसहित अन्य कलाकारहरुको सहभागीता रहेको छ । त्यसैगरी मौलिक खानाका परिकारहरु अण्डा, माछा, क्वाँटी, कचिला, छोइला, सगुन, समय बजी सहभागीहरुलाई वितरण गरिने बताइएको छ ।

अध्यक्ष कृष्णबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा दवूका जिल्ला सदस्य यज्ञलाल श्रेष्ठ, समितिका सचिव भानु श्रेष्ठ, सल्लाहकार किशोर श्रेष्ठलगायतको सहभागिता रहेको थियो । यस अघि साविक अर्जुनधारा र शनिश्चरे गाँउ विकास समितिका विभिन्न स्थानमा आयोजना गरिएको उक्त नाच यही कृष्णजन्माष्टमीको दिन सम्पन्न हुने जिल्ला सदस्य यज्ञलाल श्रेष्ठले बताए ।

वर्ष दिनभित्र मरेका आफन्तको सम्झनामा मनाइने गाईजात्रा पर्वको प्रचलन तत्कालिन राजा प्रताप मल्लले चलाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here